ऐतिहासिक दरबार चौघरा - फोटो फिचर


 

चौघरा दरवार दोलखा जिल्लाको सुनखानी गाविसमा अवस्थित ऐतिहासिक महत्वको दरवार हो। विसं १८४०. मा निर्माण भएको विस्वास गरिने यो दरवार सालका काठबाट निर्माण गरिएका १ सय ५५ कलात्मक झ्यालहरूका लागि प्रसिद्ध छ। यो दरवार पृथ्वीनारायण शाहको पालामा बनेको स्थानीय वृद्धवृद्धाहरूको अनुमान छ। कलात्मक चार घरहरू जोडेर बनाइएको हुनाले यस दरवारलाई चौघरा भनिएको हो।

 

दरबारको बनावटलाई मल्लकालिन वास्तुकलाको विशिष्टता झल्कने कलात्मक शैली, तेलिया इट्टा र सालको काठले थप आर्कषक बनाएको छ। यस दरवारको दक्षिणतर्फ विशाल २४ वटा बुट्टेदार थामहरू रहेका छन् भने भित्रि चोकमा २७ वटा थाम रहेका छन। लम्बाई र चौडाई नै ६० फिट रहेको वर्गाकार यस भवनमा ६० वटा कोठा रहेका छन। भवनको एक कोठामा शिवाकोटीहरूको कुल पुजा गरिने, अर्को कोठामा भगवती पुजा गर्ने र अर्को एउटा कोठामा राजा वा वायुको पुजा गर्ने गर्दछन।

ऐतिहासिक तथ्य तथा स्थानीयको भनाई अनुसार गोवर्धन र महेश्वर नामका शिवाकोटीले यो भवन निर्माण गरेका थिए। बिसं २०५३ सालको पहिरोले निकै क्षति पुर्याएछि हाल यो भवन निकै जिर्ण बन्दै गएको छ। संरक्षणको अभावका कारण वायुको मुर्ती समेत चोरी भएको छ। सदरमुकामबाट तीन घण्टाको पैदल दुरीमा रहेको दरवार संरक्षणका लागि सम्वन्धीत निकaयले ध्यान दिनुपर्ने स्थानीयको माग छ। तस्बिर श्रोत :- गुगल / प्रलाद आचार्य 

 

वास्तुकला शैली मल्लकालिन वास्तुकला
स्थान सुनखानी, दोलखा जिल्ला
राष्ट्र नेपाल
निर्देशांक २७°४२′२५″ उत्तर ८६°६′३२″ पूर्व
निर्माण सम्पन्न विसं १८४०
   
स्वामित्व शिवाकोटी समाज
उचाई ३० फिट
प्राविधिक विवरण
अन्य आयामहरू १५५ झ्याल
तल्ला क्षेत्र ३६०० वर्ग फिट

 

Comment from facebook

Computer Support House