जिरी उपत्यका


सगरमाथा प्रवेशद्वारको रुपमा पनि मानिने जिरी उपत्यका दोलखा जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ५६ किमी पूर्वमा रहेको छ । यो उपत्यका समुद्र सतहबाट १,९५१ मिटरको उचाइमा रहेको छ । जिरी उपत्यका मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यसलाई नेपालको स्वीटजरल्याण्ड पनि भन्ने गरिन्छ । नेपालको स्वीजरल्याण्ड भनिने पहिचान बनाएको दोलखाको जिरी पुग्न सदरमुका चरिकोटबाट २ घण्टाको यात्रा तह गर्नुपर्छ । काठमाडौंबाट एक १८४ किलोमिटरको यात्रापछि पुगिने जिरी उपत्यकामा सीमान्तकृत जिरेलहरुको बसोबास रहेको छ । जिरी उपत्यका १,९०५ मिटरको उचाइमा रहेको छ । यस उपत्यकामा सन् १९३८ सालमा स्वीस सरकारले पक्की सडक पु¥याएको थियो । स्वीट्जरल्याण्डको जुरिच सहरको रुपमा जिरीलाई चिनिन्छ । सगरमाथा आरोहणमा जानेहरु र सगरमाथा क्षेत्रमा जाने पैदल यात्रीहरु जिरी हुँदै जाने गरेका छन् । विशेष गरी विदेशी पर्यटकहरु रोल्वालिङ क्षेत्र घुम्न जिरीको सिंगटी हुँदै जाने गर्दछन् । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमालहरु, दोलखा र रामेछापका अधिकांश गाउँहरु याहॉबाट देख्न सकिन्छ । यस उपत्यकामा रहेको चेर्दुङ महादेवको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

Computer Support House