दशैंमा फुलेका फुलहरु - फोटो फिचर


नेपाली समाजमा केही वर्ष अघिसम्म धार्मिक र सांस्कृतिक कार्यमा प्रयोग गरिने फूल-बिरुवाले आज व्यवसायिक रूप लिइसकेको छ। घरभित्र वा घरबाहिर फूल-बिरुवा लगाउनु धेरै मानिसहरूको शोख भइसकेको छ । फूल-बिरुवाप्रतिको लगावले मानिस प्रकृतिप्रेमी भएको प्रष्ट हुन्छ। कसैले घरआँगन सजाउनलाई फूल-बिरुवा लगाउँछन् भने कसैले बरन्डा तथा कोठाहरू सजाउन लगाउँछन्। फूल-बिरुवाकै सन्दर्भमा पनि कसैलाई फूल फुल्ने बिरुवा मन पर्छ, कसैलाई फूल नफुल्ने अथवा पातैपात मात्र भएको बिरुवा मन पर्छ त कसैलाई भने लहराजन्य बिरुवा मन परिरहेको हुन्छ । हाम्रा सहकर्मी प्रलाद आचार्यले दशैँ बिदामा घरमा ( दोलखा जिल्लाको गौरीशंकर गाउपालिका वडा नम्बर ५ सुरी ) रोपिएका बिभिन्न प्रकारका फूलहरुको तस्बिर खिच्नुभएको छ  

Comment from facebook

Computer Support House