शैलुङको मिनी ग्रेटवालबाट सुर्यास्त नियाल्दा


शैलुङ धेरै पटक गइयो । प्रतेक पल्ट जादा फरक फरक दृश्य अनुभूति गर्न पाइने । यो पटकको अनुभूति पनि फरक भयो । दोलखा जिल्लाको एक प्रमुख स्थान शैलुङ धार्मिक, सास्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको छ । यो पटक शैलुङबाट सुर्यास्त र सुर्योदय नियाल्ने लक्ष्यका साथ् धुर्ब आचार्य दाई र म शैलुङ पुगेका थियौ । जब हामि बेलुकीपख कालापानी बाट मिनी ग्रेटवाल चड्दै अलिकति माथि पुगेका थियौ तब सुन्दर दृश्य ले मन नै मोहित बनायो । क्षितिज पारि घाम डुब्दै थियो दृश्य झन मनमोहक भैरहेको थियो । जुन शब्दमा बयान गर्न सकिदैन । गौरीशंकर नुम्बुर लगायत हिमशृंखलाहरु घामको किरण परेर सुन झैँ चम्किरहेका थिय । माथि शैलुङको टुप्पोमा रहेको छ्योर्तेन पनि घामको किरण परेर आकर्षक देखिन्थ्यो । शैलुङ हिउँ खेल्न मात्र होइन सुर्यास्त नियाल्न पनि उचित गन्तव्यको रुपमा लिन सकिन्छ । हेरौ प्रलाद आचार्यले शैलुङ पुगेर खिच्नुभएको केहि तस्बिरहरु l












Comment from facebook

Computer Support House