Hotel Online Book

दोलखामा शेर्पा जातिको संस्कृति


दोलखा बहुभाषा, बहुजाति रहेको जिल्ला हो । दोलखामा तामाङ, थामी, नेवार, शेर्पा, जिरेल, सुरेल, मगर, गुरुङ, माझी, सुनुवार, भुजेल,कुमाल आदि आदिवासी जनजाति रहेका छन् । थामी, सुरेल र जिरेल जातिको उद्गम थलो दोलखालाई लिइन्छ । 
जीवन लामाले बासा चेर्दुङ शेर्पा युवा क्लव झ्याँकुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा लिएको केही झलक ।

जिरीमा जिरेल, सुरीमा सुरेल र सुष्पाक्षमावती, लापीलाङ, आलम्पुलाई थामीको उद्गम भूमि मानिन्छ । यी आदिवासी जनजातिहरुको आफ्नै भाषा, धर्म, भेष र संस्कृति रहेका छन् । अल्पसंख्यकको रुपमा गौरीशंकर गाउँपालिका सुरीमा मात्र सुरेल जाति रहेको छ । 

शेर्पाको इतिहास अनुसार सन् १८८० मा तिब्बतको पूर्वी क्षेत्र खाम सलमोगङ बाट ठाउँ छाडेको ५० वर्ष पछि खुम्बु क्षेत्रमा पुगेको र त्यसको २३ साल पछि अथवा सन् १९०० मा सोलुमा झरेको भनि उल्लेख गरेको छ। त्यसपछि सोलु र खुम्बुबाट बिस्तारै नेपालको विभिन्न भू(भागमा वसोवास गर्दै आएको तथ्यहरू प्रमाणित रहेका पाईन्छ। विशेष गरि हिमाली क्षेत्रलाई आफ्नो बसोवास थलोको रूपमा मनपराई हिमाली भू(भागमा बसोवास गरेका शेर्पा जातिहरूको विशेषता चिन र तिब्बत सँग जोडिएको भू(भागमा वसोवास गरेको हुदाँ शेर्पा जातिलाई अन्य जातिका मानिसहरूले तिब्बती वा भोटबासी भन्ने प्रचलन पनि रहेको छ।

दोलखामा शेर्पा जातिको संस्कृति विशेष किसिमको मानिन्छ । विभिन्न झाँकी प्रदर्शनी लगायत सांस्कृतिक कार्यक्रमहरुमा शेर्पाहरुले आफ्नो पहिचान प्रदर्शन गर्दै आएको छ । दोलखा पहाडी हिमाली जिल्ला भएकोले उच्च भागमा शेर्पाहरुले आफ्नै संस्कृतिमा रमाईरहेको पाइन्छ । राजनीति देखि हिमआरोहीको रुपमा दोलखाको शेर्पा जातिलाई चिनिन्छ ।  वाङ्छे शेर्पा, जीपछिरिङ लामा शेर्पा राजनीतिक रुपमा केन्द्रीय तहमा छ । 

 

 

Comment from facebook

Computer Support House