आलम्पू सेरोफेरो


आलम्पू दोलखा जिल्लाको विगु गाउँपालिका अन्र्तगत पर्दछ । सदरमुकाम चरिकोटदेखि आलम्पू पुग्न यातायातको सुविधा रहेको छ । चरिकोटबाट करिब साढे चार घण्टामा वोलेरो जिप मार्फत पुग्न सकिन्छ । शब्द / तस्बिर : जीवन लामा 
यहाँ थामी जातिको बाहुल्यता रहेको र करिब ९० प्रतिशत थामी जातिहरु मात्र बसोबास गर्छन् । सिमान्तकृत जातिको रुपमा चिनिने यस जातिको आफ्नै भाषा, भेषभुसा, संस्कृति र धर्म रहेको छ । देश विदेशबाट समेत थामी जातिको संस्कृति, भाषाको बारेमा अध्ययन, अनुसन्धान गर्न वर्षेनि सयौं जना यहाँ आउने गछ्र्रन ।
आलम्पु ढुंगाखानीको रुपमा पनि परीचित रहेको छ । भूकम्प भन्दा पहिले यहाँको ढुंगा नेपालको अधिकांश ठाउँमा घर छाउन र ओछ्याउन प्रयोग गरिन्थ्यो । भूकम्पपछि भने भूँईमा ओछ्याउनको लागि मात्र प्रयोग गर्ने गरेको पाईन्छ ।
 
 
आलम्पू प्राकृतिक रुपमा निकै धनी मानिन्छ । यहाँबाट दोलखाको अधिकांश भूभाग देख्न सकिन्छ । वनजंगल, खोलानाला, हिमाल, पहाड यहाँबाट राम्ररी अवलोकन गर्न सकिन्छ । माथिल्लो भागमा शेर्पाहरुले चौरीपालन पेशालाई अहिले पनि निरन्तरता दिईरहेको पाईन्छ । चौरीको दूध, छुर्पी, घ्यू निर्यात समेत गर्ने गछ्र्रन । यहाँ उत्पादित छुर्पी, घ्यूलाई राम्रो मानिन्छ । 
 

 


 


 


 

Comment from facebook

Computer Support House