निकोलाइ अस्ट्रपको चिलंखा यात्रा


विभिन्न कार्यक्रमका लागि दोलखा आउने मन्त्री होस ठूला नेता होस प्राय सडकको पहुँच भएको ठाउँमा मात्र पुग्ने गर्छन । नेपालका अधिकांश भिआईपीहरु रिबन काट्न र लामो समयसम्म भाषण गर्ने बानी छ । सहभागीहरुको मनोभावनालाई नबुझी घण्टौसम्म भाषण गर्छन ।
 
तर, नर्वेका विकास मन्त्री निकोलाइ अस्ट्रपले देवीटार आधारभूत विद्यालय चिलंखाको उद्घाटन पश्चात घण्टौ समय बालबालिका र जनप्रतिनिधि अनि सर्वसाधारणसँग बिताए । नेपाली संस्कृति अनुसार कहिले पलेटी कसेर छलफलमा सहभागी भएका थिए । कहिले नेपाली टोपी लगाएर हसिलो मोडमा उभिएका थिए । सिविन नेपालले निर्माण गरेका विद्यालयको उद्घाटन गर्न हेलिकप्टरमा आएका निकोलाइको केही तस्बिर जीवन लामाले कैद गरेका छन् । 

 

Comment from facebook

Computer Support House