फागुन महिनामा हिउँले छपक्क ढाकेको कालिन्चोक - फोटो फिचर


दोलखा जिल्लाको उत्तरतर्फ ३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको दोलखाको प्रसिद्ध कालिञ्चोक क्षेत्रमा पछिल्लो समय पर्यटकीय गन्तव्यको केन्द्रविन्दु बन्दै गएको छ । त्यहा माथि यहि फागुन २७ र २८ गते परेको हिमपात संगै कुरी कालिन्चोकको सुन्दरतामा थप निखार आयको छ । हिउसँग खेल्न र रमाउन सकिने यो ठाउँमा शक्तिपिठको दर्शन गर्नको लागि कालिन्चोक जान सकिन्छ । कालिञ्चोक मन्दिरमा दर्शन गर्यो भने मागेको कुरा पुरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ ।यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला,  कोसेली ल्याउन सकिन्छ । यहि फागुन २७ गते जिबन लामाले कुरी कालिन्चोक पुगेर खिच्नु भयको केहि तस्बिर हेरौ ....

 

 

 

Comment from facebook

Computer Support House