हरि बहादुरको हाँसो - फोटो र भिडियो


भूकम्प सम्बन्धि रिपोर्टिङ गर्न विगु गाउँपालिकाको चिलंखा झाक्रेगाउँ पुगेको थिए । २०७२ बैशाख १२,१३ र २९ गतेको भूकम्पमा १७ जनाले यसै गाउँकाले ज्यान गुमाएका थिए । एकजना हजुरबा हातमा चामल राखेर ढोका छेउको भूँइमै बालिका फुक्दै हुनुहुन्थ्यो । गाउँ भएकाले सुनसान जस्तै थियो । तरपनि हजुरबा आफ्नै सुरमा देखिन्थे । हरि बहादुरको २ छोरी र ३ छोरा मात्र अहिले परिवारमा छन् । श्रीमतीको मृत्यु भएको १५ वर्ष भईसक्यो । अहिलेपनि गोठमा सुत्ने र गाइवस्तु चराउने काम आफै गर्नुहुन्छ । एउटै दाँत नभएपनि हाँसो भने मीठो छ । घरदेखि गोठसम्म पुगेर हजुरबासँग जीवन लामाले गरेका कुराकानी संक्षिप्तमा । 

पत्रकारः नाम के हो हजुरको ?
हजुरबाः हरि बहादुर खुलाल ।
पत्रकारः कत्ति वर्ष हुनुभयो ?
हजुरबाः १९८० सालको (अहिले ९५ वर्ष भएँ) 
पत्रकारः १९९० सालमा भूकम्प गएको थाहा छ ?
हजुरबाः म घाँसको भारी बोकेर गोठ जाँदै थिए ।
पत्रकारः २०७२ सालमा चाहि ?
हजुरबाः त्यत्तिखेर पनि खस्रुको भारी बोकेर गोठ जाँदै थिए ।
पत्रकारः तपाई त फुर्तिलो देखिनुहुन्छ ? तपाइलाइ केही रोग छैन कि क्याहो ?
हजुरबाः छैन । बिहान दूध खाईन्छ । त्यत्तिखेर ३ आना माना घीउ खाएको ज्यान हो । दुहुनो भैसी ४० रुपैयाँमानै पाईन्थ्यो । 
पत्रकारः अहिले कत्ति छन् गाईवस्तु ?
हजुरबाः ५ बाख्रा, १ हल गोरु र २ वटा गाई ।
पत्रकारः १९९० सालमा चाहि ?
हजुरबाः भैसी १६, गाई ५, बाख्रा २२ र १ हल गोरु । 

 

 

 

Comment from facebook

Computer Support House