दोलखाको ओराङ पुनर्निमाण सम्पन्न गर्ने पहिलो गाउँ - फोटो फिचर



दोलखा जिल्लाको सदरमुकाम चरिकोट देखि करिब ६० किमी सडक यात्रा गरि ओराङ पुग्न सकिन्छ । गौरीशंकर हिमालको काखमा रहेको यस गाउ पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।। भिरालो जमिनमा ढुंगामाटोले बनेको घर कुनै एक तलाका घर एकै किसिमका देखिन्छन । भुकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये दोलखाको विगु गाउपालिका ओराङ पहिलो पुननिर्माण सम्पन्न हुने गाउँ बनेको छ । भूकम्पबाट अति प्रभावित दोलखाको विगु २ मा पर्ने ओराङ गाउँमा पुनर्निर्माण कार्य सम्पन्न भएको हो । ०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनबाट अति प्रभावित १४ जिल्लाका गाउँमध्ये पुनर्निर्माण सम्पन्न हुने यो पहिलो गाउँ हो । बिगु गाउँपालिका अन्तर्गत वडा नम्बर २ मा पर्ने ओराङमा ५ सय ६० निजी आवास निर्माण सम्पन्न भएपछि शनिबार बस्ती हस्तान्तरण कार्यक्रम आयोजना गरियो । यो गाउँ बनाउन कारितास नामक अन्तराष्ट्रिय संस्थाले सहयोग गरेको थियो । शनिबार भयको बस्ती हस्तान्तरण कार्यक्रमको जीबन लामाले खिच्नुभयको दस तस्बिर हेरौ ..


Comment from facebook

Computer Support House