गन्तव्य च्छोरोल्पा


जल, जडिबुटी र पर्यटनमा निकै अगाडि रहेको गौरीशंकर गाउँपालिकाको च्छोरोल्पा विश्वकै चर्चित हिमताल मानिन्छ । २०५७ सालतिर फुट्छ भनेर निकै हल्ला चल्यो । रोल्वालिङ क्षेत्र जिल्लाको मात्र नभई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ च्छोरोल्पा । सिजनमा यहाँ हजारौं पर्यटकहरु घुम्न आउछन् । यहाँबाट सगरमाथा जाने छोटो र सजिलो बाटो भएकाले पनि बाह्य पर्यटकहरु आउने गरेका छन्  । पछिल्लो समय एसडिसीले पक्की पैदल मार्ग बनाएकोले झनै सजिलो भएको छ । गौरीशंकर गाउँपालिकाले पर्यटन, जलविद्युत र जडिबुटीलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट विनियोजन गर्न सकेमा आन्तरिक आय स्रोतको बलियो माध्यम बन्ने थियो । त्यसैले गौरीशंकर गाउँपालिकाले च्छोरोल्पामा सम्पन्न १९ औं बैठकमा निम्न सात बुँदे घोषणा गरेका छन् । 


बुदाँ नं. १. 
गौरीशंकर गाउँपालिकाअन्तर्गत ६ हजार मिटरमाथिका शिखर÷चुचुराहरुको आरोहण अनुमति गाउँपालिकाबाटै प्रदान गरि आन्तरिक तथा बाह्यपर्यटन प्रवर्धन गरिने ।


बुँदा नं. २. 
रोल्वालिङ्ग उपत्यकामा अन्तर्राष्ट्रियस्तरको पर्वतारोहण विद्यालयको स्थापना गरिने ।


बुदाँ नं. ३. 
आगामी एक वर्षभित्र छ्यातेछ्योतदेखि च्छोरोल्पासम्मको पदमार्गलाई सडक तथा रोपवेबाट जोडिने ।


बुँदा नं. ४.
गौरीशंकर गाउँपालिकाभित्र पर्वतीय सङ्ग्रहालयको स्थापना गरिने ।


बुँदा नं. ५ 
बेदिङ र ना क्षेत्रमा होमस्टेको व्यवस्था गर्दै शेर्पा संस्कृतिको संरक्षण÷प्रवर्धन गरिने ।


बुँदा नं. ६. 
च्छोरोल्पा हिमतालको व्यवस्थापन÷संरक्षण, सम्बर्धन गर्दै हाईड्रोपावर निर्माणमा जोड दिईने ।


बुँदा नं. ७. 
च्छोरोल्पा, दुधकुण्ड, गौरीशंकर पर्यटकीय सर्किटको निर्माण गरिने ।


यसै सेरोफेरोमा रहेर जीवन लामा र प्रलाद आचार्यले कैद गरिएका केही तस्बिरहरु । 

यहा राखियका तस्बिरहरु बिना अनुमति कहिँ कतै प्रयोग गरिएको पाइयमा कानुन अनुसार कारबाही हुनेछ !

 

 

Comment from facebook

Computer Support House