समय बिताउन चरिकोट नजिकै नयाँ गन्तव्य ( फोटो फिचर )


दोलखाको अधिकांश ठाउँ जतिपटक घुमे पनि धीत मर्दैन । नयाँ नयाँ गन्तव्यहरुको पहिचानको लागि दोलखाको अधिकांश ठाउँहरु महत्वपूर्ण छन् । सदरमुकाम चरिकोट बाट २, ३ किलोमिटर वरिपरि नै समय बिताउनको लागि काफी छ । शनिवारको दिन होस या विदाको दिन, समय कटाउन टाढा जानै पर्दैन । 


दोलखालाई पर्यटकीय जिल्ला भनिरहदा अहिलेसम्म यसको बारेमा खासै महत्व दिएको पाईदैन । छहरा, खोलानाला, भीरपाखा, ताल, पोखरी, हरियाली वनजंगल प्रकृतिलेनै दिएको वरदान हुन । यसको पहिचान गरी प्रवद्र्धन र संरक्षण गर्न सकेमा आन्तरिक पर्यटकले आर्थिक समृद्धिमा टेवा पुग्न सक्छ । 


जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरी प्वइन्टहरु कायम गर्न सकेमा राजश्व वृद्धि गर्नकालागी अरु थप मेहनत गर्नुपर्दैन । आन्तरिक आयस्रोतनै नगरपालिकाको मुख्य आर्थिक स्रोत हुनेछ । हप्तौ लगाएर टाढा पुग्नुपर्दैन पर्यटकहरु । चरिकोटबाट बिहान या बेलुकी नजिकैको ठाउँहरु पर्यटकहरुलाई घुमघामको लागि प्रस्ताव गर्न सकेमा यहाँको पर्यटन प्रवद्र्धन गर्न सजिलो हुनेछ । कालिञ्चोक, भीमेश्वर मात्र होईन अध्ययन, अनुसन्धान गर्न आउने अध्येताहरुको लागि यी स्थानहरु महत्वपूर्ण सावित हुनेछ । तसर्थ बेलैमा आफ्नो नयाँ गन्तव्यहरु पहिचान गर्न आवश्यक छ ।

तस्बिर : जीवन लामा 

 

Comment from facebook

Computer Support House