दोलखामा अबस्थित चम्पुजा हरियाली पार्क - फोटो फिचर


     चम्पुजा हरियाली पार्क दोलखाको चरिकोट नजिकै घुम्न चाहने व्यक्तिको लागि उचित गन्तव्य हो। त्रिपुरा उद्यान भनेर चिनिने यो पार्क दोलखाको सुन्दर पार्कहरुमध्य एक हो। यो पार्क दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-२ स्थित डुङगल टोलमा अवस्थित छ। यो पार्क दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ६ कि.मि.को यात्रामा पुग्न सकिन्छ । यस पार्क बाट  रोल्वालिङ्ग हिमश्रृंखलाका साथै गौरिशङ्कर, नुम्बुर, चेर्दुंग, कालिन्चोक, तामाकोशी नदि, आदि देख्न सकिन्छ । चम्पुजा पार्कको सौन्दर्यताको साथै तपाईँले शक्ति र समृद्धिको प्रतीक, भीमेश्वर मन्दिर, वनारशी महादेव, त्रिपुरासुन्दरी, र विभिन्न चैत्य तथा मन्दिरहरु अबलोकन गर्न सकिन्छ ।

हेरौ जीबन लामाले खिच्नुभयको पाँच तस्विरहरु 

Comment from facebook

Computer Support House