मर्निङ वाक जाऔं है रामकोट


आफैबाट सुरु गरौं भन्ने बुझाइले शनिबार घुम्न थालेका छौ । हप्तामा एकदिन त्यसमा पनि २,३ घण्टा घुम्दा स्वास्थ्यको लागि फाइदा हुन्छ । पाँचौ श्रृङ्खला भयो घुम्न लागेको । सदरमुकाम चरिकोटदेखि ३,४ किलोमिटर घुम्दा टाढा जाँदा धेरै ज्ञान प्राप्त हुँदो रहेछ । 

यसपटक रामकोट पुग्यौ । चरिकोट डाँडाबाट धेरै पटक देखेका थियौ रामकोट । तर, गहिरो ढंगले नियाल्दा धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले धेरै रमाइलो लाग्यो । सबैको बुझाई ठूलाठूला मठमन्दिर र स्थानमात्र महत्वपूर्ण ठान्छन् । तर नजिकैको तीर्थ हेला हुन्छ भन्थे हो रहेछ । रामकोटमा लट्टेश्वर महादेवको मन्दिर साह्रै राम्रो लाग्यो । यहाँ घण्टौसम्म समय बिताउन सकिन्छ । सुन्दर, शान्त र हरियालीले भरिएको यस ठाउँ प्रचारप्रसारकै कारण ओझेलमा परेको बुझे ।

यस ठाउँमा प्रत्येक दिन मर्निङ वाक गर्ने हो भने स्वास्थ्यको लागि हजारौ रुपैयाँ खर्च गर्नु पर्दैन होला । यहाँको जडिबुटी, हरियाली र विभिन्न प्रकारका फुलहरुले स्वास्थ्यमा शक्ति प्रदान गर्छ जस्तो लाग्यो । यसै सेरोफेरोमा रहेर जीवन लामाले कैद गरेका तस्बिरहरु ।

Comment from facebook

Computer Support House