कालिञ्चोकलाई एडभान्स हबको रुपमा चिनाउन स्की – फोटो फिचर


कालिञ्चोकलाई एडभान्स हबको रुपमा स्थापना गर्नको लागि नेपाल स्की फेस्टिबल कालिञ्चोक २०१९ सुरु भएको छ । कालिञ्चोक विविधताले भरिएको ठाउँ भए तापनि प्रचार प्रसारमा कमि आएकोले स्की खेलकुदमार्फत संसारभर चिनाउन अभियान सञ्चालन गरिएको हो ।
 
स्की फाउण्डेशनको आयोजनामा स्की खेलकुद परीक्षण सुरु गरिएको हो । जलवायु परिवर्तनको कारण कालिञ्चोकमा हिउ कम पर्न थालेको हुनाले वातावरण संरक्षण गर्न यस खालको अभियान सुरु गरिएको स्की फाउण्डेशनका केन्द्रीय अध्यक्ष उत्सव पाठकले बताउनु भयो । वातावरण संरक्षणमा युवाको महत्वपूर्ण भूमिका रहन्छ र यस कािलञ्चोकलाई प्राथमिकतामा राखिएको पाठकले बताउनु भयो । आगामी दिनमा यस क्षेत्रमा वातावरण अनुसारको वृक्ष रोपण गर्ने र वातावरण संरक्षण गर्न सबै किसिमको विधिहरु अपनाउने पनि पाठकले बताउनु भयो । यदि स्थानीयले साथ दिएमा विदेशी पर्यटकलाई आकर्षित गर्न स्की पार्क निर्माण गर्ने पनि बताउनु भयो ।
 
 
स्की खेलकुद उद्घाटनमा नेपाल स्की एसोसिएशनका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले अबको दिनमा स्वदेशी पर्यटकको साथै गुणस्तरीय पर्यटक भित्राउन स्की जस्ता महत्वपूर्ण खेलकुदहरु आयोजना हुन आवश्यक छ भन्नु भयो । नेपालको समृद्धको लागि पनि यस खालको खेलकुदको भूमिका रहने बताउनु भयो । कालिञ्चोकलाई मिनी स्वीजरल्याण्डको रुपमा चिनाउन स्कीले धेरै सहयोग पुर्याउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । तस्बिरहरु : जीवन लामा ।
 

 

 

 

 

Comment from facebook

Computer Support House