शैलुङ गाउँपालिकाको शान, कृषि, सडक र पर्यटन - फोटो फिचर


जनप्रतिनिधिहरुमा विकास निर्माणमा प्रतिष्पर्धा चलेको छ । ठाउँअनुसारको स्थानीयहरुले विकासको प्राथमिकीकरण गरेको छ । शैलुङ गाउँपालिकाले पर्यटनलाई पहिलो प्राथमिकता दिएको छ । बजेट विनियोजनको हिसाबले भने सडकनै पहिलो प्राथमिकतामा परेको छ । गत आर्थिक वर्षदेखि हालसम्मको गणनामा दुई सय किलो मिटर सडक निर्माण भएको छ शैलुङ गाँउपालिकामा । सबै वडाबाट गाउँपालिकाको कार्यालय जोडेको छ । प्रत्येक सडकलाई ७ मिटर चौडा बनाएको छ । 

 

दोलखाको अन्य गाउँपालिकाको तुलनामा छुट्टै महत्व र विशेषता भएको गाउँपालिका हो । पर्यटकीय, धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिएको गाउँपालिका मानिन्छ शैलुङलाई । शैलुङ गाउँपालिका साविकको ताम्चेत दुधपोखरी, भुषाफेदा। काटाकुटी, शैलुङ्गेश्वरी, मागापौवा र फस्कु गाविसहरु मिलाएर बनाएको हो । २०६८ को जनगणना अनुसार २०,०९८ जनसंख्या रहेको यस पालिकामा समुन्द्री सतहदेखि ९०० मिटर चर्नावती पर्दछ भने ३१४५ मिटर उचाईमा शैलुङ पर्दछ । 

 

यस पालिकाको मुख्य पेशा कृषिनै हो । यस पालिकाबाट उत्पादन भएको आलु मुडेको आलु भनेर चिनिन्छ । यहाँका आलु निकै स्वादिलो हुने भएकाले कोशेलीको रुपमा लाने गर्छन । आलु बाहेक बन्दकोपी र काउली पनि बढी उत्पादन हुने पालिका पर्दछ । करोडौ रुपैयाँको आलु निर्यात गर्दै आएका छन् यहाँका कृषकले । 

 

विकासले तीव्र गति लिएको छ । यस पालिकाले योजना निर्माणको साथै कार्यान्वयन पक्षलाई पनि त्यतिकै ध्यान दिएको पाईन्छ । एक वडा एक पहिचानकासाथ विकास योजना बनाएको छ । पर्यटकलाई चाहिने पूर्वाधारहरु निर्माण कार्य थालनी भएको छ । ऐतिहासिक महत्व बोकेका स्थानलाई संरक्षण र प्रवद्र्धन गरेका छन् । टुडिखेल, पोखरी, पिकनिक स्पट, जंगल सफारी र ठूला ठूला रिसोर्ट निर्माणको लागि जग्गा तयार पारेको छ । शैलुङ गाउँपालिकाको सुरु हुँदै गरेको विकास निर्माणलाई जीवन लामाले तस्बिरमा  कैद गरेका छन् । 

 

 


 


 


 


 


 


 


 


 


 


 


 

Comment from facebook

Computer Support House