भीमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवस – फोटो फिचर


भीमेश्वर नगरपालिकालाई देशकै उत्कृट नगरपालिका बनाउन सबैलाई आग्रह गर्नुभयो । प्रकृतिले सबै चीज दिएको छ । अभाव यहाँका जनता लाग्न आवश्यक छ भन्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल जानकारी दिनुभयो । दोलखा आफै सौन्दर्य छ । यहाँ प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले झनै अगाडि छ । यसलाई प्रचार प्रसार र यसको संरक्षण गर्न सकेमा देशकै सुन्दर र नजिकको गन्तव्य बन्न सक्ने बताउनु भयो ।  
 
भीमेश्वर नगरपालिका भित्रका मठमन्दिर, गुम्बा, धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्न आवश्यक छ । काठमाडौबाट नजिकको गन्तव्य भए पनि सोचेजस्तो पर्यटक भित्रिन सकेको छैन । यदि काठमाडौबाट दुरी घटाउन मिल्छ भने त्यसको विकल्प खोज्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गर्नुभयो मुख्यमन्त्री पौडेलले । भीमेश्वर नगरपालिकाभित्रका सबै स्थानमा पुगेका थिए । एकपटक दोलखा भित्रिएका पर्यटक महिनौसम्म यही हराउन सक्ने स्थानहरु रहेको कुरा जानकारी दिनुभयो ।

 

विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ताको क्रममा दोलखा निकै सुन्दर छ यसलाई देशकै चौथो गन्तव्य रहेको बताउदै आउनु भएको छ । भीमेश्वर नगरपालिका भित्रमा मात्र काठमाडौ मुडेबाट दोलखा प्रदेशद्वार देखिनै हिमश्रृङ्खला, वनजंगल, खोलखाना, पहाड, भीरपाखा, सुन्दर बस्ती, मठमन्दिर, गुम्बा, झरना रहेको हुनाले सुन्दर नगरपालिका रहेको र यसको संरक्षण सम्वद्र्धन गर्न आवश्यक रहेको छ । आगामी दिनमा समेत भीमेश्वर नगरपालिकाको उन्न्नी प्रगतिको लागि प्रदेश सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । ४ दिनसम्म दोलखा बसाईको क्रममा विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुको साथै अवलोकन भ्रमण गर्नुभएको थियो । उहाँ भीमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा दोलखा आउनु भएको थियो । भीमेश्वर नगरपालिकाले अहिले मुडेबाट दोलखा प्रवेशद्वारमा सूचना केन्द्रसहितको गेट, फिल्म सिटी निर्माण कार्य स्थलसम्म सडक निर्माण र बत्ती जडान, चम्पूजा पार्कलाई व्यवस्थित, भ्यू टावरलाई व्यवस्थित, धार्मिक सम्पदाहरु निर्माण, ८० फिटको बुद्धको मूर्ति निर्माण, थामी संग्रहालय लगायतको कार्यलाई प्राथमिकता दिई निर्माण भई भरहेको छ । भीमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा जीवन लामाले खिच्नु भएको केही तस्विरहरु ।।
 

 

Comment from facebook

Computer Support House