मार्वुमा ग्याल्पो ल्होछार (फोटो र भिडियो सहित )


नयाँ वर्ष ग्याल्पो ल्होछारको अवसरमा छम्बा गुम्बा तथा सिक्पाश्वर शेर्पा किदुगको आयोजनामा मार्वुमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । स मो फाग् लो २१४६ औं ग्याल्पो ल्होछारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा दिर्घायू अभिषेक (वाङ) प्रवचन समेत भएको थियो । 
 
गौरीशंकर गाउँपालिका वडा नं. ७ मार्वुमा हरेक ल्होछारमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । विभिन्न संघसंस्थाको सहकार्यमा आयोजित सांस्कृतिक कार्यक्रममा शेर्पाहरु आफ्नो भेषभुषासहित सहभागी भएका थिए । कार्यक्रम उद्घाटनमा प्रतिनिधि सभाका सांसद पार्वत गुरुङले सबै जातजातिको पर्वलाई सरकारले उतिकै महत्व दिएको र ग्याल्पो ल्होछार पनि शेर्पा जातिको मात्र नभई सबैको लागि पर्व रहेको बताउनुभयो । 
 
सांस्कृतिक कार्यक्रमलाई गायक इन्द्र गुरुङ, गम्बु शेर्पा, डिजे तेञ्जीङ शेर्पा, नृत्य टासी शेर्पा लगायतका कलाकारले मनोरञ्जन दिएका थिए । भाषा, संस्कृति  कलाको संरक्षणको लागि किदुगको विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । कार्यक्रममा जीवन लामाले कैद गरिएको फोटो ।

 

 

भिडियो 

 

 

Comment from facebook

Computer Support House