आहा गौरीशंकर


हिमाल देख्ने बितिक्कै सबैले आहा भन्छन् । हिमाल, हिउँ, फुल, झरना लगायतले मान्छेको मन छिट्टै तान्छ । जस्तोसुकै पीडामा पनि संगीतले मान्छेलाई अन्तै मोडे जस्तै हिमालले पनि मान्छेको मन अन्तै मोडिदिन्छ । दोलखाको शान पनि यही गौरीशंकर हिमालले दिएको छ । ७१३४ मिटर उचाईमा रहेको यस हिमाल नेपालको समय मापनको रुपमा लिइन्छ । दोलखाको गौरीशंकर गाउँपालिकामा पर्ने गौरीशंकर जुनसुकै पालिका या स्थानबाट देख्न सकिन्छ । बिहान उठ्ने बितिकै हिमाल देख्न पाईयोस रामकृष्ण ढकालको गीतले भनेझैं ओछ्यानबाटै देख्न पाईन्छ हिमाल । गौरीशंकरलाई फरक फरक स्थानबाट फरक फरक किसिमको देख्न पाईन्छ । बिहानदेखि बेलुकीसम्म नियाल्ने हो भने सयौं किसिमको फरकपन देख्न सकिन्छ । अझ प्रकृतिप्रेमी त घण्टौसम्म यसैलाई नियालेर बस्न सक्छन् । गौरीशंकरलाई पृष्ठभूमिमा राखेर पनि विभिन्न गाउँ, व्यक्ति र ठाउँ, वस्तुलाई कैद गर्न सकिन्छ । 
शब्द÷तस्बिरः जीवन लामा 

 


 

Comment from facebook

Computer Support House