तामाकोशी नदीमा र्याफ्टिङको मज्जा – फोटो फिचर


 सिंगटीदेखि नागदहसम्म ¥याफ्टिङ सञ्चालनमा आएको छ । गाउँपालिका, नगरपालिकाको सहकार्य तथा भीमेश्वर ट्राभल्स एण्ड टुर्सको सह आयोजनामा नियमित ¥याफ्टिङ सञ्चालनमा आउने आयोजकले बताएको छ । सिंगटीबाट नागदह करिव साँढे चार घण्टामा पुग्न सकिन्छ । 
 
दोलखाको सम्भावित स्थानहरुमा ¥याफ्टिङ सञ्चालन गर्न जनप्रतिनिधिहरु लागीपरेका छन् । अन्य क्षेत्रको भन्दा दोलखाकाको तामाकोशी नदीमा ¥याफ्टिङको लागि उपयुक्त स्थान रहेको छ । हाल कालिञ्चोक गाउँपालिकाले यसलाई निरन्तरता दिन लागेको भए तापनि अन्य गाउँपालिकाहरुले पनि ¥याफ्टिङलाई सञ्चालन गर्न लागीपरेको हो । 
 
दोलखा जिल्ला देशकै चौथो गन्तव्यको रुपमा प्रदेश सरकारले घोषणा गरिरहदा ¥याफ्टिङले पर्यटकहरुलाई आकर्षित गर्ने महत्वपूर्ण आधार मान्न सकिन्छ । दोलखामा हाईकिङ र ट्रेकिङ गर्न प्रशस्तै स्थानहरु रहेका छन् । दोलखामा घुम्न लायकका हिमाल, पहाड, तराई सबै हिसाबले उपयुक्त ठाउँहरु छन् । नयाँ वर्ष नजिकिदै गर्दा पर्यटकलाई आकर्षित गर्नका लागि नयाँ नयाँ गतिविधिहरु गर्न थालेका छन् ।
 
शब्द÷तस्बिरः जीवन लामा 

 

 

Comment from facebook

Computer Support House