पावन होलि २०७५ - फोटो फिचर


समय परिवर्तन भएसँग होली खेल्ने शैली पनि बदलिँदै गएको छ । इच्छा बिपरित रङ दल्ने र लोला हान्ने प्रवृत्तिबाट हटेर सदरमुकाम चरिकोटको  होली आपसी सद्भाव र सांस्कृतिक कार्यक्रम गरी सामूहिक मनाउन थालिएको छ ।  विभिन्न चोक र खुला ठाउँहरुमा गरिएका साङ्गितिक माहोलले होलीको रौनक थप बढाएको थियो । युवक युवती अनुहारमा विभिन्न आकृति बनाउनेदेखि रङ दलेर एक अर्कामा सद्भाव साटिरहेका उल्लासमय दृश्य यसपालि बढी नै देखिए । निम्फा दोलखा द्वारा आयोजित पावन होलि २०७५ कार्यक्रममा युबा देखि बृद्ध हरु सम्मको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौंबाट आयका डिजे नानि र डिजे रबिनले सबैलाई संगीत मार्फत झुमाएका थिय । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भयको थियो । फोटो श्रोत : क्लिक चरिकोट

Comment from facebook

Computer Support House