सय फन्को शैलुङ - फोटो फिचर


शैलुङ अहिले सबैको गन्तव्य बनेको छ । शैलुङ गाउँपालिकाले गाउँपालिकाभरिनै ७ मिटरको मोटरबाटो निर्माण गरेपछि सहजतरिकाले शैलुङ पुग्न सकिन्छ । सदरमुकाम चरिकोटबाट पनि शैलुङ गाउँपालिका प्रवेश गर्ने वैकल्पीक मार्गहरु निर्माण गरेपछि झन सजिलो भएको हो । 

बाटोकै कारण चरिकोटबाट मात्र नभई काठमाडौबाट आएका पर्यटकहरुका लागि पनि शैलुङको गन्तव्य सजिलो भएको हो । कालापानीबाट शैलुङडाँडामा पुग्न सिढीको व्यवस्था छ । बाटैभरी रंगीचङ्गी गुराँस देख्न पाईन्छ । जसले गर्दा बाटो काटेको थाहै हुँदैन । थकाईको महशुस हुँदैन । 

शैलुङडाँडाको सुन्दरता मात्रले मन मान्दैन । यहाँ रहेका देवी देउताको दर्शनले झनै मन फुरुङ्ग हुन्छ । मनमा उत्साह बढ्छ । उकालो चढ्ने आँट, बल आउँछ । यस क्षेत्रमा एकछिन होइन घण्टौसम्म सौन्दर्यताले मन लोभिन्छ । 

अहिले यस क्षेत्रमा भ्यू टावर र छयोर्तेन निर्माण कार्य भईरहेको छ । यसले झन पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्दछ । धर्मलम्बीहरुलाई यस छयोर्तेनमा दर्शन गरी आशिस लिन सकिन्छ भने भ्यू टावरबाट सिङ्गै शैलुङको फोटो कैद गर्न सकिन्छ । शैलुङ गाउँपालिकाले पर्यटकहरुको लागि कालापानीमा व्यवस्थित होटल सञ्चालनको लागि आव्हान गरिरहेका छन् भने मापदण्ड अनुसार निर्माण गरेमा अनुदानको समेत व्यवस्था गरिएको छ । जसले गर्दा आगामी दिनमा पर्यटकको संख्या बढ्नेमा ढुक्क छ । शब्द / फोटो : जीवन लामा 

Comment from facebook

Computer Support House