प्रथम शैलुङ महोत्सव - फोटो फिचर


माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई, 
हत्केलामा मायाको गुराँस फुलाउनेलाई । 

कुन्ती मोक्तानको यिनै गीत दोलखालीको कानमा मात्र होईन सबैको मुखमा गुनगुनाउने गथ्र्यो । आजै तिनै गीतले शैलुङ हल्लिएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएसँगै मेला, महोत्सवको सुरुवात भएको छ । दोलखा र रामेछापको सीमानामा पर्ने दोरम्बा गाउँपालिकाको खोलाखर्कमा बैशाख १३ देखि ३ दिने महोत्सव सुरु भएको छ । यही महोत्सवमा दोलखालगायत रामेछापबासीको बाक्लो उपस्थिति छ । स्थानीयस्तरमा उत्पादन हुने फलफुल, छुर्पी, मासुमाछा समेत महोत्सवमा राखिएका छन् । महोत्सवस्थलसम्म पुग्न गाह्रो परे तापनि त्यहाँ पुगेपछि छुट्टै आनन्द महशुस हुने गर्छ । यही महोत्सवको सेरोफेरोमा रहेर जीवन लामाले कैद गरिएका केही तस्बिरहरु ।

 

 

 

Comment from facebook

Computer Support House