कृष्णकुमारीको कोशेली


बिहानको नित्यकर्म सकेपछि दैनिक काममा व्यस्त हुन्छिन् कृष्णकुमारी थामी । उनको खेतबारी बाँजो छैन । सानो टुक्रा पनि खाली छैन । घरआँगन समेत ढाकेको छ तरकारी, फलफुलले । भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाँकुरीडाँडा सुर्केका कृष्णकुमारी थामी वडा कार्यालयमा आउने सेवाग्राहीको लागि चिया नास्ता र किनमेलको लागि पनि उनी दैनिकजसो व्यस्त हुन्छिन् । 
सामान्य लेखपढ गरेका कृष्णकुमारी अहिले जिल्लाकै उदाहरणीय कृषकमा गणना हुन्छ । उद्यमशील महिलामा परिचित छ । संघसंस्थाले समेत विभिन्न कार्यक्रममा उनैलाई गुहार्ने गर्छन । उनले खेतबारीमा मात्र तरकारी, फलफुल खेती गरेका छैनन । नर्सरी राखेका छन् । सानो कटेरामा कोसेली घर बनाएका छन् । त्यस घरमा खुर्सानी अचार, मुला, तामाको अचार बनाएर सजाएका छन् । अर्गानिक र ताजा मानिन्छ । प्रायजसो जिल्लाभित्रकै पाहुनाहरु आउँदा किन्ने गर्छन । तर बढी मात्रमा काठमाडौबाट आएका पाहुनाहरुले बढी किन्ने गर्छन । उत्पादन मिति र प्रयोग मिति दुवै उल्लेख गरेको छ । कतिपयले चाहि यहीबाट देश विदेशमा समेत कोशेलीको रुपमा लाने गरेको अनुभव सुनाउनुहुन्छ कृष्णकुमारी । 
 
आरआरएनको सहयोगमा सुकाउने सोलार मेसिन किनेका छन् । यसमा सुकुटी, खुर्सानी, भुजुरी सुकाउनको लागि सजिलो हुन्छ । यसमा सुकाउदा छारोधुलो, झिंगाको सिकार बन्दैन । छिटो र सफा हुन्छ खानेकुरा सुकाउदा । 
 
उनी सामाजिक कार्यमा समेत लागेका छन् । घर नजिकैको सहकारी भवन निर्माणको लागि जग्गा दान गरेका छिन् । उमेर ५० काटे तापनि खेतबारीको कामदेखि घरको काममा दिनहुँ खट्ने गर्छन । ३ छोराहरु आआफ्नै काममा व्यस्त छन् तर उनलाई दैनिक कार्यमा सघाउन चाहन्छन् । कृष्णकुमारीको एकैछिनको दिनचर्यालाई जीवन लामाले आफ्नो क्यामेरामा कैद गर्दा  । 
 

 

 
 
 
 
 

 

 

 

 

 

 

 

 

 

 

 
 
 

Comment from facebook

Computer Support House