प्रथम ब्याडमिन्टन प्रतियोगिता


दोलखाको सदरमुकाम चरिकोटमा जेठ १० गतेदेखि सुरु भएको २ दिने ब्याडमिन्टन प्रतियोगितामा शान्त जिरेल र दिनेश थापा मगर प्रथम भएका छन् । व्याडमिन्टन संघ दोलखाले आयोजना गरेको प्रथम ब्याडमिन्टन प्रतियोगितामा शान्त जिरेल र दिनेश थापा मगरले राजेश श्रेष्ठ र रोशन श्रेष्ठलाई पछि पार्दै प्रथम भएको हो । 
 
प्रतियोगितामा राजेश श्रेष्ठ र रोशन श्रेष्ठ द्दितीय भएका छन् भने सुजन सिटौला, नुराज श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुमन श्रेष्ठ तृतीय भएका छन् । विजय खेलाडीहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।
 
ब्याडमिन्टन संघ दोलखाको प्रथम जिल्ला अधिवेशनसमेत सम्पन्न भएको छ । अधिवेशनबाट बलराम थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । पदाधिकारीमा क्रमश उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव शान्त जिरेल, सहसचिव सागर श्रेष्ठ, कोषाध्यक्ष डेविट श्रेष्ठ र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, स्वस्थानी थापा, रसिन श्रेष्ठ, सुजन सिटौला, नविन श्रेष्ठ, देवलाल श्रेष्ठ रहेका छन् । बाँकी सदस्यहरु पछि कार्यसमितिको बैठकले थप गरिने छ । प्रतियोगितामा देखिएका तस्बिरहरु जीवन लामाले कैद गरिएका हुन ।

 

 

 
 
 
 
 

 

Comment from facebook

Computer Support House