दोलखाको कोप्लाङदेखि च्छोकुम सम्म - फोटो फिचर


पर्यटन वर्ष २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य लिएको छ । नयाँ गन्तव्य पहिलाउने र त्यसको पहिचान दिनको लागि यस हप्ता सांसद पार्वत गुरुङको नेतृत्वमा दोलखाको उत्तरी भेग गौरीशंकर गाउँपालिका मार्वुबाट कोप्लाङ हँुदै च्छोकुमसम्म पुग्ने अवसर मैले पाँए । ग्रिनलाईफ हाईड्रोपावरले सञ्चालन गरेको रोपवेबाट आधा घण्टाको यात्रा गरे । खुला डिब्बामा करिब २० जना थियौ होला रोपवेमा । हरियाली वनजंगल, खोलानाला, झरना, हिमाल, पहाड हेर्दै अघि बढे । 
 
ग्रिनलाईफ हाईड्रोपावरको ड्याम साइटमा अध्ययन अवलोकन गरेर उकालो लागियो । जंगलै जंगलको बाटो । केही किलोमिटर सडक र त्यसपछि सिढी चढेर अघि बढे । ठाउँ ठाउँमा झरना र खोलानालाले मनै लोभियो । आँखै नचिम्ली हेरिरहौ जस्तो दृश्य । थकाई, भोक, प्यास सबै यिनै प्रकृतिले मेटाईदिने । ठाउँठाउँमा चौतारी । पानीको धारा । यिनै सौन्दर्य हेर्दै च्छोकुम पुगेको पत्तै भएन । ४२७० मिटर उचाईमा रहेको यस च्छोकुम भर्जिन मानिन्छ । यहाँ अहिलेसम्म भेडा र चौरी पालक कृषकहरु बाहेक अरु पुगेको रेकर्ड छैन । च्छोकुमको सुन्दरता जतिनै बयान गरे पनि पुग्दैन । हेर्नुहास तस्विरमा । तस्विर ः जीवन लामा

 

 
 

 

 
 
 
 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House