मेलुङमा आलु महोत्सव ( फोटो फिचर )


आलुको प्रवद्र्धन र आलु खेती पेशालाई अंगाल्न किसानहरुलाई उत्साहित बनाउनको लागि मेलुङ गाउँपालिकाले आलु महोत्सव गरेको छ । कात्तिक १ देखि २ गतेसम्म मेलुङ गाउँपालिका घ्याङमा सुरु भएको आलु महोत्सवमा प्रदेश नम्बर ३ का कृषि मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभएको थियो । विदेशीएका युवाहरुलाई स्वदेशमै रोजगार दिलाउन सकिने गरी आलु खेती व्यवसायीक ढंगले अगाडि बढाउने गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले प्रतिवद्धता जनाउनु भयो । महोत्सवकोे क्रममा आलु तरकारीको रुपमा मात्र नभई विभिन्न परिकार तयार पार्न सकिने उदाहरण दिन २० प्रकारका परिकारहरु बनायर सहभागीलाई चखाएका थिए । यसै क्रममा आलु महोत्सवमा पुगि जीवन लामाले कैद गरिएका केही तस्बिरहरु ।

Comment from facebook

Computer Support House