लामाबगरदेखि ठाङ्कोकसम्म


लामाबगर माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साईट निर्माण स्थल हो । जहाँ देशकै गौरवको जलविद्युत आयोजना निर्माण भईरहेको छ । ४५६ मेघावाट क्षमताको विद्युत उत्पादन हुने यस क्षेत्र अहिले पर्यटकहरुको चहलपहल निकै देखिन्छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु अध्ययन, अवलोकन र शैक्षिक भ्रमणमा जाने संख्या वृद्धि भएको छ । विदाको दिनमा अधिकांश संघसंस्थाका व्यक्तिहरु वनभोजको उपयुक्त थलोनै बनेको छ । लामाबगरबाट ठाडो उकालो करिव डेढ घण्टा हिडेपछि ठाङ्कोक गुम्बामा पुगिन्छ । जुन गुम्बा ११५० वर्ष अघि निर्माण भएको भनिन्छ । भूकम्पले भत्केपछि अहिले नवनिर्माण हुन सकेको छैन । यस गुम्बाडाँडाबाट लामाबगरको सिङ्गै भाग देख्न सकिन्छ । ड्याम साईटको पूरै भाग हेर्न सकिन्छ । लामाबगर नियाल्न भ्यूटावर चाहिदैन । नजिकै झरना, घोरल, मृग, कालिज पनि सहजै देख्न सकिन्छ । यसैको सेरोफेरोमा जीवन लामाले कैद गरिएका केही तस्बिरहरु ।











 

Comment from facebook

Computer Support House