थुजे छ्योलिङ गुम्बा ( फोटो फिचर )


थुजे छ्योलिङ गुम्बा दोलखा जिल्लाको भिमेश्वोर नगरपालिका वडा नम्बर एक मा अबस्थित बौद्ध गुम्बा हो । यस गुम्बा शान्तिको खोजीमा रहेकाहरुको लागि उचित गन्तब्य बन्न सक्छ । बिगुमा रहेको टसी गुम्बा जस्तै लाग्ने यो गुम्बा धेरै सुन्दर र मनमोहक रहेको छ । थुजे छ्योलिङ गुम्बा दोलखाको सदरमुकाम चरिकोट बाट करिब ६ किलोमिटरको दुरीमा पर्दछ । बाटोमा पर्ने सिमपानी क्षेत्र , भुतपोखरी , देउराली बजार नियाल्दै थुजे छ्योलिङ गुम्बामा पुगेको पत्तोनै हुदैन । यस गुम्बा बाट रोल्वालिंग हिमश्रीन्खलाहरुको साथै अन्य धेरै ठाउहरुको अबलोकन गर्न सकिन्छ । गुम्बा प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन । हेरौ प्रलाद आचार्यले खिच्नु भएको केहि तस्बिरहरु ।














  

 

Comment from facebook

Computer Support House