झ्याँकुमा बुद्धको मूर्ति - फोटो फिचर


गौरीशंकर गाउँपालिका झ्याँकुमा स्थानीयले बुद्धको मूर्ति स्थापना गरेको छ । २६५८ औ सोनाम ल्होछरको अवसरमा बुद्धको मूर्ति स्थापना गरेको हो । गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले उक्त मूर्ति एक समारोहबीच उद्घाटन गर्नुभएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौरीशंकर गाउँपालिका वडा नम्बर ४ झ्याँकुमा बुद्धको मूर्ति स्थापना गरेको छ । ८ फिट अग्लो बुद्धको मूर्तिले गाउँपालिकाकै गौरवको विषय बनेको छ । सबैको मुहारमा खुशी छाएको छ । गाउँपालिका र स्थानीयको सहयोगमा स्थापना गरेको बुद्धको मूर्ति बौद्ध धर्मलम्बीहरुको मात्र नभई सबै जातजाति र धर्मलम्बीहरुको लागि नमूना सावित भएको छ । गाउँपालिकाबाट पाँच लाख र विभिन्न व्यक्ति, संघसंस्थाहरुबाट सहयोग संकलन गरी मूर्ति स्थापना गरेको हो । साल्दामेन्दो समाज परिवार झ्याँकुको पहलमा बुद्धको मूर्ति स्थापनापश्चात धेरै बौद्ध धर्मलम्बीहरु यसप्रति आकर्षित भएका छन् ।
 
दोलखाको सदरमुकाम चरिकोटबाट सिंगटी बजार पुग्न ३५ किलोमिटर पक्की सडकको व्यवस्था छ । सिंगटी बजारबाट भोर्लेहुँदै तिनेखुबाट झ्याँकुमा पुग्न सकिन्छ । सिंगटीबाट करिव १५ किलोमिटरको दुरीमा झ्याँकु पुग्न सकिन्छ । ट्रेकिङको लागि हो भने सिंगटीबाट २ घण्टाको हिडाईपछि पुग्न सकिन्छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ झ्याँकु यार्सास्थित स्थापना भएको बुद्धको मूर्ति अवलोकन मात्र नभई तामाङ जातिको कला, संस्कृति र पराम्पराको विषयमा दैनिक जसो विभिन्न कार्यक्रमहरु नियाल्न सकिन्छ । तामाङ सेलो, तामाङ भ्रmाक्री र लामाहरुको आफ्नै नाच, संस्कृति रहेको छ । विभिन्न चाडपर्वको साथै पाहुनालाई स्वागत गर्नको लागि यहाँका तामाङ समुदाय लागी पर्ने गर्छन । तामाङ खानपिनको साथै तामाङ संस्कृति प्रदर्शनबाट पनि यहाँको बुद्धको मूर्तिको प्रचारप्रसारमा साथ दिने विश्वास स्थानीयको छ । 
 
झ्याँकुको १ देखि २ दिनसम्मको बसाईपछि चेर्दुङको यात्रा तय गर्न सकिन्छ । यहाँबाट बिहानै हिडेपछि करिव ५ घण्टामा फेदीमा पुग्न सकिन्छ । फेदीमा अर्गानिक खानाको व्यवस्था हुन्छ । चौरीको दूध र ढिडो यहाँको विशेष खाना हो । बिहानको खानापछि छहारे गुफाहुँदै ३७९० मिटर उचाईमा रहेको चेर्दुङको दृश्यावलोकन गर्न सकिन्छ । 
 
झ्याँकुबाट शेर्पाहरुको मात्र बस्ती रहेको सेराकाप्ती हुँदै जिरी पुग्न सकिन्छ । ट्रेकिङ रुटको व्यवस्था छ । करिव ५ घण्टाको सुन्दर मनोरम दृश्यावलोकन गर्दै जिरीमा बास बस्न सकिन्छ । यस क्षेत्रमा गुराँस, वन्यजन्तु, चराचुङ्गी आदि सजिलै नियाल्न सकिन्छ । गौरीशंकर हिमाल नजिकैबाट देखिन्छ । बुद्धको मूर्ति उद्घाटनको क्रममा जीवन लामाले कैद गरिएका केही तस्बिरहरु ।








 

 

Comment from facebook

Computer Support House