Hotel Online Book

दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना


दोलखाको प्रसिद्ध धार्मिक स्थल भिमेश्वर मन्दिरमा पसिना आएको छ । भीमेश्वर नगरपालिका २ मा रहेको नेपालकै प्रसिद्ध धार्मिक मन्दिर भिमेश्वरमा आज बिहान ६ बजेर २८ मिनेट जाँदा पसिना आएको भिमेश्वर नगरपालिका वडा न–२ का अध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनु भयो । मन्दिरमा पसिना आएको थाहा पाउने वित्तिकै अहिले त्यहाँका पुजारी र पण्डितहरुले आरधाना गरि चम्मरद्धारा पसिना रोक्ने काम भईरहेको छ
     भीमेश्वर मन्दिरमा पसिना आए देशमा ठूलो संकट निम्तिने किम्वदन्ती छ ।हामीलाई लाग्छ, मूर्तिमा पनि पसिना आउँछ ? कसरी हुन्छ त्यस्तो ? तर दोलखावासीहरु भने एकदमै विश्वास गर्छन्। भीमेश्वरको मूर्तिमा पसिना आएमा देशमा कुनै ठूलो दैवीप्रकोप, राजनीतिक उथुलपुथल वा राजपरिवारमा कुनै विपत्तिका घटना हुनसक्ने विश्वास रहिआएको छ। सो मूर्तिको बायाँपट्टिको भागमा पसिना आए जनतालाई पिरोल्ने र दायाँपट्टिको भागमा पसिना आए दरबारमा अनिष्ट हुने विश्वास गरिन्छ।
 
मूर्तिमा पसिना कसरी आउँछ भन्ने विषयमा कुनै वैज्ञानिक अध्ययन भने भएको छैन। तर सो मूर्तिमा विगतमा पसिना आउँदा राष्ट्रमा ठूलै परिवर्तन आएको वा राष्ट्रले सङ्कटको सामना गर्नुपरेको भनाइ बुढापाका तथा स्थानीयवासीहरूको रहेको छ।
 
इतिहास पनि हेरौँ न
 
वि.सं. १९९० मा पसिना आउँदा महाभूकम्प गयो
२००७ सालमा पसिना आउँदा राजनीतिक परिवर्तन भयो
२०११ सालमा पसिना आउँदा राजा त्रिभुवनको मृत्यु भयो
२०२८ सालमा पसिना आउँदा राजा महेन्द्र को मृत्यु भयो
२०४५ सालमा पसिना आउँदा पूर्वाञ्चलमा भुइँचालो गयो
२०४६ सालमा पसिना आउँदा पञ्चायती शासन ढल्यो
२०५८ सालमा पसिना आउँदा राजदरबार हत्याकाण्ड भयो

भिमेश्वोर मन्दिरको परिचय
त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ। यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा -याकर पूजा) समेत गरिने परम्परागत चलन छ। भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्। गुठीयारको काम नियमित रूपमा राकिय -रासपूजा) पूजा, चाडपर्व अनुसारको विशेष पूजा गर्नु हो भने टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो।यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ। वलीपूजाको बेला महादेवशिव चुडामणिमा(दोलखा भीमसेन चुडामणि) गएर बस्नुहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनधारणा छ। भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ। देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ। त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो।
इतिहास
यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन। वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ। जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन श्री ५ महाजारधिराज समेतको नाम लिने गरिन्छ। महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ। भीमसेनको मूर्तिको साथै दाया तर्फ आमा कुन्ति , बाया तर्फ पत्नी द्रौपति र यस पछिको दाया वाया उत्तर दक्षिणमा भाइ नहकुल सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ। पाँच पाण्डव मध्येका युधिष्ठीर र अर्जुनको भने नाम निसाना छैन। भीमसेन वीर, साहसी, बलवान अन्याय अत्याचारको विरुद्ध लड्ने योद्धा भएको हुनाले भीमसेनलाई पूँजि आएको हुन सक्छ।
 
किम्बदन्ति
पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाडामा बसी श्री गौरी शंकरको प्राथना गरेका थिए भन्ने भनाई पनि छ। कालान्तरमा भरियाहरूले भात पकाउनको लागि २ गोटा ढुЄगा खोजी ल्याई यही त्रिभुजमा जोडी चुलो वनाए। भात पकाउदा त्रिभुज तर्फको भात काँचै भएकोले रीसले पनि उसले हिर्काउदा दाहिने तर्फ चोइटा गई दुध र रगत मिश्रति तरल पदार्थ वनेको देखि १२ जना भरियाहरू डराई यो साक्षत भगवान रहेछ भनि माफी मागी पूजा गरि आरूनो बाटो लागेछन् भन्ने किम्वदन्ति पनि छ। २०३०।३१ साल सम्म सुनखानीका १२ भरियाका सन्तानहरूले प्रत्येक बडा दशैको अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन थियो। पछि जनसाधारण देखि राजा महाराजाहरूले पनि पूजा गरि जग्गा जमीन गुठी राखेको र सुनचाँदीका गहना समेत चढाएको देखिन्छ। बडा दशै, चैते दशै , कार्तिकमा महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा बन्धन, आदि पर्वहरूमा विशेष पूजा र भिड लाग्ने गर्दछ भने बडा दशैमा ३ राँगो, १२ बोका थमा, हाँस, कुखुराको विशेष बलिपूजा गरिन्छ। श्री भीमेश्वर, भीमसेनलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ थाहा भए सम्म वि.सं. १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसिना आएको थियो। यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरवारमा के कस्तो घट्ना भयो सवैलाई थाहा भएकै कुरा हो। यसरी श्री भीमसेन मूर्तिमा पसिना आउदा पसिना पुछेको कपास पहिले पहिले राजदरबार पठाउने र त्यहाबाट बलि पूजा पठाउने चलन थियो भन्ने स्थानिय व्यक्तिहरूको भनाई छ।
 
 
 

Comment from facebook

Computer Support House