मान्छेको आश्रयमा रतुवा मृग - फोटो फिचर


अहिले वनजंगल बढ्न थालेपछि वन्यजन्तुहरु घर नजिकै देखा पर्न थालेको छ । कतिपय वन्यजन्तुहरु मान्छेको आश्रयमा पर्न थालेका छन् । वन समूह, गौरीशंकर संरक्षण क्षेत्र आयोजना लगायतको पहलमा वन काटनी तथा वन्यजन्तु सिकारमा रोक लगाएपछि संख्या बढ्न थालेको हो । अहिले घरनजिकै मृग, कालिज, भालु, स्याल, बाँदर, घोरल लगायतका वन्यजन्तुहरु चरनमा आउने गरेको छ । साथै लकडाउनले अहिले सबैतिर कोलाहल र सवारी साधान चल्न छाडेपछि जंगली जनावर गाउँ पस्न थालेको छ । 
 
दोलखाको विगु गाउँपालिकास्थित सिंगटीमा गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय परिसरमा उद्धार गरेर रतुवा मृग पालेको छ । घाईते अवस्थामा भेटिएको रतुवा मृगको बच्चा भएकोले केही समय पाल्नुपर्ने अवस्था आएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले बताउनुभयो । दोलखामा रतुवा र कस्तुरी मृग बहुसंख्यक रुपमा पाईन्छ । दोलखाको सबै भूभाग मृगको लागि उपयुक्त स्थान मानिन्छ । दोलखाको उच्च भूभागमा भने हिमालयन र कालो कस्तुरी अधिकतम पाईन्छ । 
 
त्यस्तै गौरीशंकर गाउँपालिका वडा नम्बर ३ चट्टानी भीरमा घोरल दैनिक चरनमा आउने गर्छ । यिनीहरुको यसै भीरमा बास रहेकाले दैनिकजसो चरनमा आउने गरेको छ । 
शब्द÷तस्बिर जीवन लामा

 

 
 
 
 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House