रंगीबिरंगी दोलखा


बैशाख २५ गते पूर्णिमाको दिन  अर्थात २५६४ औं बुद्ध जयन्ती । आज बिहानीपख झलमल्ल घाम लागेको थियो । कहिकतै बादलको टुक्रा देखिएको थिएन । आजदेखि गर्मी लाग्ने भयो भनेर धेरैको अनुमान थियो । एकैछिनमा सबैको अनुमानले फरकपन लियो । हावाहुरी चल्न थाल्यो । चट्याङ लाग्न थाल्यो । पानी बेसरी दर्किन थाल्यो । यो क्रम करिव ३ घण्टा चलिरह्यो । त्यसपछि चरिकोटको रुप फेरिन थाल्यो कुमार सानुको गीतजस्तै मुसुक्क हाँसिदेउ फुल फुले झै, हो पानी परेपछिको आकाश खुलेझैं हुन थाल्यो । 


साँझपख सम्मै दोलखाको वातावरण हेरिरहुँझैं लाग्न थाल्यो । घाम अस्ताएपछि पनि मौसमले फरक फरक रुप फेरिन थाल्यो । साँझपख दीपप्रज्वलन भएकाले सबैले घरघरमा बत्ती बाल्न थाल्यो । चन्द्रमाले नजिकै आउन थाल्यो । बजार, घरहरु रंगीचंगी हुन थाल्यो । चरिकोट सदरमुकामबाट कैद गरिएका केही तस्बिरहरु । 
शब्द/तस्बिरः जीवन लामा

 

 

 

 

 

 

Comment from facebook

Computer Support House