लकडाउनमा सुनसान कालिञ्चोक - फोटो फिचर


धार्मिक तथा प्राकृतिक रुपमा निकै प्रख्यात रहेको कालिञ्चोक कुरि क्षेत्र यतिबेला सुनसान छ । चैत्र ११ गते देखिनै पूर्ण रुपमा कालिञ्चोक भगवतीको दर्शन गर्न रोक लगाइएको छ । कालिञ्चोक कुरी छिर्नको लागि कुरीबासी बाहेक सबैलाइ प्रतिबन्ध लगाइएको छ । अस्थायी प्रहरी चौकीले नियमित चेक गर्न थालेका छन् ।
 
सिजनको बेलामा दैनिक १० हजारभन्दा बढी पर्यटकहरु कालिञ्चोक आउने गरेका थिए । लकडाउन सुरु भएपछि स्थानीयहरु स्वयमले पर्यटकलाई नआउन आग्रह गरेका छन् । कुरीबासी गाउँगाउँमा खेतीपाती गर्न गएका छन् भने अन्यत्र घर नहुनेहरु त्यही बस्ने गरेका छन् । प्रतिबन्ध लगायका कारण चरिकोटबाट समेत कोही जाने गर्दैनन । भ्रमण वर्ष २०२० सुरु भए लगतै सुविधाजनक होटलहरु सञ्चालनमा आएका थिए ।
 
कुरीमा मात्र ६० वटा राम्रा र ठूला होटलहरु छन् । करोडौको लगानीमा सञ्चालनमा ल्याएको उक्त होटलहरु अहिले ताल्चा लगाएर बन्द अवस्थामा रहेका छन् । कुरीमा वार्षिक १२ करोड बराबरको कारोबार हुने गर्दथ्यो । नयाँ वर्ष र हिउ पर्दा थामी नसक्नुको पर्यटक आउने गरेका थिए । लकडाउनको प्रत्यक्ष प्रभाव खेपी रहेका होटल व्यवसायीहरु उत्रिन अझैं ४, ५ वर्ष लाग्ने अनुमान छ । कालिञ्चोक कुरीको मुख्य आम्दानीको श्रोत नै होटल व्यवसाय हो ।  
 
शब्द/तस्बिरः जीवन लामा

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House