दोलखाको आकासमा प्रकृतिसँग रमाउँदै चिल, (फोटो फिचर)


चिल एक किसिमको मांसाहारी चरा हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। चिलले आकाशबाट उडेर धेरे टाढा टाढासम्म आफ्नो सिकार देख्ने क्षमता राख्दछ। चिललाई नेपालको दुर्लभ चराका रूपमा लिइन्छ। दोलखाको तिखातल आसपासमा प्रकृतिसँगै खुला आकाशमा रमाउँदै गरेका चिल देख्न सकिन्छ। चिलले प्राकृतिक रूपमा ससाना चरा चुरुंगी सर्प भ्यागुता तथा फोहोरमा खोजेर विभिन्न किसिमका आहार गर्ने गर्दछ। 

भिमेश्वोर नगरपालिका वडा नम्बर २ तिखातल माथिको आकासमा चिललगायत काग र अरू प्रशस्त चराहरू आफ्नो आहाराका लागि संघर्ष गरिरहेको देखिन्छ ।  खोर्थली जंगलमा बासस्थान रहेको चिलको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । भिमेश्वोर नगरपालिकाले मयुर पार्क बनाइरहदा अब चिल पार्क भनेर नौलो कामको सुरुवात गरेमा चिलको अझ धेरै संरक्षण हुने थियो । हेरौ प्रलाद आचार्यले लकडाउनको समयमा तिखातल बाट खिचेको केहि तस्बिरहरु ।

शब्द/फोटो : प्रलाद आचार्य  

 

 

 

 

 

Comment from facebook

Computer Support House