लकडाउनमा जंगल सफारी


लकडाउन भयको आज ६२ औं दिन हुँदैछ । कसैको लागि दिन कटाउन मुस्किल परेको छ भने कसैलाई भ्याईनभ्याई छ । सृजनात्मक ढंगले कतिको दिन बितीरहेको छ । कतिले यस अवधिमा मर्निङ वाक, इभिनिङ वाक सुरु गरेका छन् । कतिलाई घरनजिकैको जंगल छिर्न लकडाउनले समय जुराईदिएको छ । कतिको मुखमा काफल, ऐसेलु र चोथ्रा नपरेको पनि हुन सक्छ । बजारमा किनेर खाएको भरमा काफल, ऐसेलु मुखमा परेको हुन सक्छ । लकडाउनमा जंगल घुमेर समय बिताउने र काफल, ऐसेलु खाएर मुखको स्वाद मेटाउने दिन बनेको छ । 
 
लकडाउनको सुरु सुरुमा सबै घरभित्रै बसे । घरभित्रै नयाँ नयाँ परिकार तयार पारी खाने गरेका थिए । सन्तानलाई कला, संस्कृति, इतिहासको बारेमा जानकारी दिने र कथा सुनाउने गर्थे । लकडाउन लम्बिन थालेपछि बिहानैदेखि जंगल पस्ने र रमाईलो गर्न थालेका छन् । शहर बजारका अधिकांश युवाहरु जंगलमै रमाउन थालेका छन् । 
 
चरिकोट बजार नजिकै रहेको खोरथली वन सदरमुकामकै ऐना हो । घाँस दाउराको लागि पनि यस वन नै मुख्य स्रोत हो । सबैको वनभोज खाने उपयुक्त स्थान बनेको छ यस वन । मर्निङ वाक र गाडीमा सहज तरिकाले पुग्न सकिन्छ यस वनभित्र । भीमेश्वर नगरपालिकाले यस वनलाई ओपन जुको रुपमा विकास गर्ने योजना बनाएको छ । यसै वनभित्र शनिबार कैद गरिएको केही तस्बिरहरु ।  
 
शब्द/तस्बिरः जीवन लामा
 
 

 

 
 

 

 

 

 

 

 

 
 
 
 
 
 

 

Comment from facebook

Computer Support House