सुन्द्रावती भगवतीको कुण्ड प्रचार प्रसारको अभाबमा ओझेलमा - फोटो फिचर


दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ र कालिञ्चोक गाउपालिका वडा नम्बर ९ को उत्तरी सिमानामा अवस्थित सुन्द्रावती भगवतीको कुण्डलाई स्थानीयले चमत्कारी कुण्ड भनी पुजाआजा गर्दै आएका छन् ।

पहराको एउटै ढुंगामा सात वटा कुण्ड रहेको  कुण्डबाट उहिले उहिले गोठाला तथा गाँउलेहरूलाई केही भाँडावर्तन आवश्यक प¥यो भने माग्नासाथ निकाल्न सकिन्थ्यो। त्यसरी निकालिएको भाँडावर्तन काम सकिएपछि सफा गरेर त्यहि कुण्डमा राखिदिनुपथ्र्यो। तर एक पटक एक जनाले काम सकिएपछि भाँडा वर्तन सफा नगरी कुण्डमा राखिदिएको र त्यसपछि भाँडावर्तन निस्कन छोडेको स्थानीयको कथन छ। 

एकै पहरामा रहेका भगवती कुण्ड, खड्कुले कुण्ड, गणेश कुण्ड, दूध कुण्ड लगाएत सात कुण्ड मध्ये भगवती कुण्डमा दर्शनार्थीले शुद्ध मनले चढाएको भेटी कुण्ड भित्र जाने अन्यथा पानीसंगै बाहिर निश्कने जनविश्वास रहेकोले स्थानीयले यो कुण्डलाई चमत्कारी कुण्डको रुपमा पुजा गर्दै आएका हुन् । 

एउटा ठूलो पहरामा रहेको सुन्द्रावती सेतिदेवी ठूलो क्षेत्रमा फैलिएको छ। २ सय वर्षभन्दा अघिदेखि यहाँको कुण्डहरूमा पूजा हुँदै आएको स्थानीय बताउँछन्। धेरै पहिले गाँउलेहरू खड्गमा गोठ लिनुअघि सुन्द्रावती सेतिदेवीको पूजा गर्ने र त्यसो गर्दा वस्तुहरूलाई कुनै नोक्सानी नहुने स्थानीय बताउँछन् ।

कुण्ड आसपास चारवटा आकर्षक पाहा बस्ने गरेको स्थानीय बताउँछन्। चार वटा पाहामा एक जोडि सुनौलो रंगको र अर्को जोडी चाँदी रंगको निक्कै आकर्षक रहेको स्थानीयको भनाइ छ।

सुन्द्रावती सेतिदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुंगामा तलदेखि माथिसम्म सुन्द्रावती सेतिदेवी भगवती कुण्ड, खड्कुले कुण्ड, गणेश कुण्ड, दूध कुण्ड, कामलुङ पोखरीलगायत सात वटा कुण्ड रहेका छन्। मुख्य कुण्ड सुन्द्रावती सेतिदेवी भगवती कुण्डमा पुजा हुने स्थानीयको भनाइ छ। भगवती कुण्ड आसपास ढुंगाको मूर्ति र त्रिशुलसमेत रहेका छन्।

भगवती कुण्डमा शुद्धमनले पैसा या दूध चढाउँदा पानी भित्र जाने तर मनमा पाप भएकाले चढाउँदा बाहिर निस्कने जनविश्वाससमेत रहँदै आएको छ। झन्डै २३ सय मिटरको उचाइमा रहेको भगवती कुण्डको गहिराइ अहिलेसम्म कसैले पनि नाप्न सकेका छैनन्। एउटा लामो बाँस कुण्डमा डुबाउदा पनि फेद नभेटिएको स्थानीयले बताए ।

सुन्द्रावती सेतिदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमा जस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको छ। प्राकृतिकरूपमा अद्भूत र आकर्षक कुण्डहरू रहेको, धार्मिक एवं ऐतिहासिक महत्तव रहेको सुन्द्रावती सेतिदेवी कुण्ड महत्तवपूर्ण गन्तव्य हुने भएकोले यसको प्रवद्धनको लागि सबैले सहयोग गर्नु पर्ने देखिन्छ । हेरौ जीवन लामाप्रलाद आचार्यले सुन्द्रावती सेतिदेवी भगवती कुण्डमा पुगेर खिच्नु भएको तस्बिरहरु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Comment from facebook

Computer Support House