आकर्षक गन्तव्यः हात्तीछहरा - फोटो फिचर


लकडाउनको अवधिमा दोलखाका अधिकांश पर्यटकीय स्थानहरु घुम्ने वातावरण बन्यो । हिजोको दिनमा सीमित स्थानहरुमा मात्र पर्यटकको घँुइचो लाग्ने गथ्र्यो भने अहिले नयाँ नयाँ गन्तव्यहरुको खोजी हुन थालेका छन् । भीमेश्वर नगरपालिकाको वडा नम्बर ७ र ८ को सीमानामा अवस्थित हात्तीछहरा धेरै युवाहरुको उत्कृष्ट गन्तव्य बन्न थालेका छन् । अहिले दैनिकजसो युवाहरु पुग्ने नजिक र नयाँ गन्तव्यको रुपमा लिन सकिन्छ । 
 
चरिकोटबाट बोचको थलनागीसम्म यातायातको सुविधा छ भने त्यहाँबाट करिव २ घण्टाको पैदलयात्रापछि जंगलै जंगल झरनाको स्वाद लिदै हात्तीछहरा पुग्न सकिन्छ  । यता साखिनेबाट जाँदा उकालो हुँदै पुग्न सकिन्छ । भीमेश्वर नगरपालिकाको बजेटले पैदलमार्ग निर्माण गरेको छ दुवै वडाबाट । १ दिनको गन्तव्य तय गर्ने हो भने धेरै पर्यटकहरु पुग्न सक्छन  । 
 
झरना पुग्न जत्तिनै पीडा, दुख भएपनि त्यहाँ पुगेपछि सबै पीडा, दुख बिर्सिन्छ । सुन्दर झरनाको दृश्यले थकाई, भोक, प्यास सबै मेटिन्छ । यस झरनालाइ हेरी रहँु लाग्छ जोकोहीलाई पनि । पटक पटक पुगी रहुँ लाग्छ एकपटक पुगेपछि । आँखा चिम्लिन बिर्सन्छ । सास फेरेको महशुस हुँदैन । चिसो, तातो केहीको महशुस हुँदैन । धर्तीको वास्तविक स्वर्ग सम्झिन्छन् यहाँ पुगेपछि । रिस, डाह, घमण्ड सबै बिर्सिन्छन् । जिन्दगीमा पहिलो पटक शान्तिको सास फेरेको महशुस हुन्छ । 
 
२५९४ मिटर उचाईमा रहेको यस स्थान भित्तेरी सामुदायिक वन क्षेत्रमा पर्दछ । छिनछिनमा मौसम परिवर्तन हुने भएकाले सबै किसिमका मज्जा लिन सकिन्छ । हिउँद वर्षायाम दुवै सिजनमा बादलले ढाकिरहन्छ । छिनमै खुला आकाश देख्न सकिन्छ । एकपटक यस ठाउँमा खुट्टा टेकेकाले जोकोहीलाई जान प्रस्ताव नगर्ने कुरै भएन । 
शब्द / तस्बिर : जीवन लामा 
 
 
 
 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House