हरियाली कालिञ्चोक


आन्तरिक पर्यटकले धानेको कालिञ्चोक अहिले पनि सुन्दरतामा कुनै कमि छैन । हिउ पर्दा मात्र होईन बर्खायाममा पनि उतिकै सुन्दर देखिन्छ कालिञ्चोक कुरी । पर्यटकको पर्खाईमा रहेको कुरी मान्छेको चहलपहल छैन । लकडाउनको पूर्ण पालना गरेका छन् यहाँका कुरीबासीले । 
 
हिउदमा सेताम्मे देखिने कालिञ्चोक अहिले हरियाली छाएको छ । हरियो रंगले पोतेझैं लाग्छ कुरी बजार । सिमसिम पानी पर्दा झन हेरिरहुँ लाग्छ । नयाँ नयाँ वनस्पतीहरु यतिखेर देख्न पाईन्छ । मान्छेको हल्लीखल्ली नभएपछि वन्यजन्तुसमेत बजार छिरेको छ । 
 
कालिञ्चोक भगवती माईको दर्शन गर्न मात्र होईन, गर्मी छल्न समेत कुरीले स्वागत गरिरहेको छ । चौरी गाईको दूध खान र यस समयमा पाईने जडिबुटीहरुको स्वाद लिनको लागि पनि एक पटक कालिञ्चोक कुरीमा जाने कि ? केही तस्बिरहरु जीवन लामाबाट । 
 

 

 

 

 

 

 

 

 

Comment from facebook

Computer Support House