लकडाउनले पनि छेकेन राङराङथली घुम्न


दोलखामा दोस्रो चरणको लकडाउन साउन ३१ गतेदेखि सुरु भएको छ । चैत्र ११ गतेपछिको लकडाउनमा मान्छेहरु घरभित्रै पूर्ण लकडाउनको पालना गरेका थिए । तर, लकडाउन लम्बिन थालेपछि जिल्लाभित्रकै पर्यटकीय स्थलहरुको खोजीमा लाग्न थाले । लकडाउनकै अवधिमा भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीस्थित राङराङथली पुग्न थालेका छन् । भीमेश्वर नगरपालिकाले नजिकको गन्तव्यको रुपमा प्रवद्र्धन गर्नको लागि आकर्षक पोखरी र पदमार्ग निर्माण गरेपछि दिनहुँ मान्छेको भीड बढ्न थालेको छ ।  
 
सदरमुकाम चरिकोटबाट साढे ६ किलोमिटर टाढा रहेको राङराङथलीमा गाडिबाट सहज तरिकाले पुग्न सकिन्छ । भीमेश्वर नगरपालकाले २५ रोपनी क्षेत्रफल जग्गामा निर्माणधीन पोखरी, नेपालकै पहिलो थामी संग्रहालय, मन्दिर, प्रतिक्षालयलगायतका छन् । सोही स्थानमा सुविधासम्पन्न पीकनिक स्पट पनि निर्माण गर्न थालेका छन् । यस स्थानलाई थामीहरुले आफ्नो उद्गम थलो मानिदै आएको छ । 
 
शनिबारको दिनमामात्र होईन, प्राय मान्छेहरु मर्निङ  वाकमा समेत त्यहाँ पुग्ने गर्छन । नगरपालिकाले दोलखाको मञ्जुश्री पार्कदेखि भ्यूटावरहुँदै राङराङथीसम्म पदमार्गको रुपमा निर्माण कार्य थालनी गरेको छ । अहिले प्राय मान्छेहरु भ्यूटावरहुँदै सो राङराङथलीमा पुग्ने गर्छन । जिल्लाकै नमूना पर्यटकीय गन्तव्यको रुपमा अहिले राङराङथली बनेको छ । यसै सेरोफेरोमा जीवन लामा र प्रलाद आचार्यले कैद गरिएका १० तस्बिरहरु ।

 

 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House