एउटा सानो घर । नीलो जस्तापाताले छाएको छानो । नजिकै पोखरी । वरिपरी किवीले ढाकेको शिक्रीलाई प्राय धेरैले चरिकोटबाट नियाल्ने गर्छन । भीमेश्वर नगरपालिका वडा नम्बर ६ शिक्रीमा व्यवसायीक रुपमा सामुहिक फर्म सञ्चालन गरेका छन् । यही ठाउँमा पुग्ने इच्छा लिएर सोमबार दिउँसो ३ जनाको यात्रा तय भयो । फर्ममा छिर्ने बाटो थाहा नहुँदा केही समय यताउता खोज्नु पर्यो । खोज्दै जाँदा पत्ता लगाईयो ।
हामी पुग्दा गीता दहाल तरकारी रोप्ने काममा ब्यस्त हुनुहुन्थ्यो । भदौ महिना मूला रोप्ने सिजन हो । घरवरिपरी तरकारी रोप्नको लागि बारी खनी सकेको थियो । चरिकोटबाट हेर्दा र त्यही पुग्दा छुट्टै संसारमा आईपुगेको भान भयो । कता जाने, कुन चाहि पहिला हेर्ने अलमिन थाल्यौ । काठमाडौबाट भोला दाईले गीता दिदीलाई फोन गर्नुभएपछि पहिला माछा पोखरीमा गयौ ।
माछाको आहारा छर्केपछि माछाहरु तछाडमछाड गर्दै हामीलाईनै स्वागत गर्न लागेको झैं बाहिर निस्कन थाले । छटपटिन थाले । सबै स्तरको माछाहरु थियो । सानादेखि ठूला ठूलासम्मको । माछासँग बरालिएको पत्तै भएन । २ रोपनी जग्गामा पोखरी निर्माण गरिएको रहेछ । त्यही पोखरीमा हजारौ माछाहरु पौडिरहेका थिए । हाम्रो ध्यान पनि केही समय त्यही माछाको पौडाईमा पर्यो ।
नजिकै चुच्चेओखर । औंलालेनै फोडेर खान मिल्ने ओखर । गतवर्ष मात्र रोपेर होला हुर्किन बाँकीनै थियो । ७० रोपनी जग्गामा केही बाँकी थिएन उम्रिन । भीमेश्वर अर्गानिक एग्रीकल्चर एण्ड रिसर्च प्रालिद्धारा सञ्चालित फर्ममा किवी, खुर्सानी, चुच्चेओखर, मखमली फूल, काँक्रो, तील, सागपात, , मकै, धान सबै रोपेका, फलेका थिए । नजिकै हास, गाई पनि पालेका छन् । किवी त चरिकोटबाटै देखिन्थे । तर, फल्ने ठाउँमै पुग्दा त किवीको फल देख्दा हेरिरहँुजस्तो । एउटै बोटमा धेरै फलेका । गतवर्ष मात्र रोपेको भएपनि यस वर्ष फलिसकेका थिए किवी । नमूना रुपमा रहेको यस फर्ममा पुगेर जीवन लामा र प्रलाद आचार्यले कैद गर्नुभएको केही तस्बिरहरु ।