रानीपोखरीमा रमाईलो - फोटो फिचर


लकडाउनपछि सामाजिक सञ्जालमा निकै भाईरल फोटोमध्येमा रानीपोखरीको पनि हो । रानीपाखेरीको नाम नसुनेका, नपुगेका धेरै होलान । तर लकडाउनपछि धेरैका फेसबुक भरिएका थिए । नगरपालिकाभित्रका पर्यटकीय स्थानमध्येमा पनि पर्दैन रानीपोखरी । चर्चामा नआएकै कारण धेरै जना यस स्थानमा नपुगेको हुनसक्छ । 
 
सदरमुकाम चरिकोटबाट करिव ६ किलोमिटरमा पुग्न सकिन्छ रानीपोखरी । भीमेश्वर नगरपालिका ७ मकैबारीमा अवस्थित रानीपोखरी जंगलको माझमा रहेको छ । सुन्दर र शान्त वातावरणमा रहेको हुनाले धेरैको आकर्षण बनेको छ अहिले । 
 
पोखरीसम्मै सडक पुगेको छ । मकैबारीबाट भित्री सडकहुँदै जानुपर्छ यस ठाउँमा । सडकबाट करिब ३ मिनेट हिडेपछि पोखरी पुगिन्छ । दिउँसो अधिकांश युवाहरु पौडिखेल्ने गर्छन । सफा र चिसो पानी भएकाले नुहाउन र पौडि खेल्न धेरैको रुची हुनसक्छ । नामजस्तै रानी छ रानीपोखरी । चारैतिरबाट घुमीघुमी हेर्न सकिन्छ । चराचुरुङ्गीको चिरचिर भाकासँगै पोखरीको कलकल आवाजले घण्टौ समय बिताउन सकिन्छ । 
 
भीमेश्वर नगरपालिकाभित्र शिवपोखरी, राङराङथली पोखरी, भूतपोखरी, सिमपानी पोखरी, खोरथली वनभित्र रहेको रिचार्जपोखरी रहेका छन् भने रानीपोखरी अहिले चर्चामा रहेको पोखरी हो । लकडाउनको अवधिमा समेत धेरै पुगेका छन् यस ठाउँमा । बेलैमा सरसफाई र व्यवस्थापनमा ध्यान दिने हो भने निकै आकर्षक र रमणीय बन्ने छ रानीपोखरी । यसै सेरोफेरोमा जीवन लामा र प्रलाद आचार्यले कैद गरिएका १० तस्बिरहरु ।

 

 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House