थाहा नपाएको मनमोहक थापाङ्थली - फोटो फिचर


भीमेश्वर नगरपालिकाका अधिकांश पर्यटकीय स्थलको बारेमा धेरैलाई जानकारी हुनसक्छ । कतिपय ठाउँमा त झन पटक पटक पुगेका पनि हुुन सक्छ । तर, देउराली नजिकै रहेका थापाङ्थलीको बारेमा थोरैलाई मात्र थाहा हुन सक्छ । 
 
तस्बिर कैद गर्नकै लागि हाम्रा टिम पटक पटक पुगेका छौ थापाङ्थली । हुन त ठूला ठूला पहाड, हिमाल, खोलानाला, झरना, होटल छैन । तरपनि थापाङ्थलीको सुन्दरता र मौनताले धेरैको मन तानिन सक्छ । यस्तै भयो हामीलाई पनि । सुरुमा के केनै होला जस्तो लागेको थियो तर, केही भेटिएन । दोस्रोपटक, तेस्रो पटक हुँदै चौथो पटक पुग्यौ । बल्ल थाहा भयो थापाङ्थली नचिनिएका हिरा रहेछ । नसोचेको, नदेखेको संसार रहेछ । यिनै हिरा खोज्नको लागि हामी जंगल जंगल चहार्यौ ।
 
चरिकोटबाट देउरालीहुँदै फुलाउनेडाँडामा पुग्छौ । यहाँसम्म सहजतरिकाले मोटरबाटोको सुविधा छ । यहाँबाट १ घण्टाको हिडाईपछि थापाङ्थली पुगिन्छ । खुला चौर । प्राय यहाँ दैनिकजसो गाईभैसी चरिरहेको देखिन्छ । कलाकारले महिनौ, वर्षौ लगाएर कुदिएका कलात्मक देखिन्छ ढुंगाहरु । मिनेट मिनेटमै मौसमले आफ्नो रुप फेरिरहेको हुन्छ । नजिकैको कलकल खोलाले मन शान्त हुन्छ । चराचुरुङ्गीको धुनले घण्टौसम्म ध्यानमा बसी रहौझैं लाग्छ ।
 
यसपटक हामी करिब २ घण्टाजति भित्र छिर्यौ । जैविक विविधताले भरिएको रहेछ जंगल । मगमग बासना आउने जडिबुटी, फूल, च्याउले मनै लोभ्याउने । यहाँ घुम्न मात्र होईन, अध्ययन, अनुसन्धानको लागि पनि यस ठाउँमा एक पटक पुग्ने कि ? जीवन लामा र प्रलाद आचार्यद्धारा कैद गरिएका केही माइक्रो फोटोहरु । 

 

 
 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House