Hotel Online Book

चिया बारीमा हो चिया बारीमा ( फोटो फिचर )


जीवन लामा
चियाको मुना टिप्ने बेला भएको छ । कर्म शेर्पाको दिनचर्यानै बनेको छ बिहान बेलुकी मुना टिप्ने । प्राय बिहान सबेरै देखि मुना टिप्न थाल्छन् कर्म । समयमा टिपेन भने ठूलठूला पात हुने भएकाले भटाभट मुना टिप्छन दिनहुँ ।
 
 
करिव ११ वर्षअघिदेखि सुरु गरेको चियाले अहिले उत्पादन दिन थालेको छ । गौरीशंकर गाउँपालिका झ्याँकु गोर्पाङमा विरमान शेर्पाले लहैलहैमा चियाको विरुवा रोप्नु भएको थियो । अहिले यसले राम्रै आम्दानी दिन थालेको छ । व्यवसायीक रुपमा खेती गर्न थालेका छन् अहिले । कतिपयले रोजगारी समेत पाएका छन् । घर नजिकै काम गर्न पाउँदा र चियाको माग बढेको देख्दा सबै दंग छन् । 
 
 
चिया बगान इलामको कन्यामभन्दा कम छैन । प्राय दैनिक २,३ जनाले मुना टिप्ने वातावरण बनेको छ । १४५ रोपनीमा रोपेको चिया विदेशमा समेत निर्यात गर्दै आएका छन् । जापानमा निर्यात हुन थालेको वर्षौ भईसक्यो । काठमाडौका होटलहरुमा यसको राम्रै माग छ । झ्याँकुका अधिकांश पसल, होटलमा समेत चियाको माग छ । 
 
 
अध्ययनको हिसाबले समाजशास्त्री, पत्रकार, लेखक हुन विरमान शेर्पा । पेशाले चिया कृषक बनाएको छ । सामाजिक कार्यमा समेत निकै योगदान रहेका छन् उनको । समाजमा केही छाप छोड्नुपर्छ भन्ने भावनाले प्रेरित छन् उनी । काम गर्न लाज नमान्ने उनी आफै कुटोकोदालो बोकेर चिया बगान गोडमेलमा लाग्छन् । पढाई र कर्म फरक फरक तरिकाले परिभाषित गर्छन उनी । घर हुँदा चिया बगानमा समय बितेको पत्तै लाग्दैन उनलाई । 
 
 
गाउँको माझमा लगाएको चिया अहिले बगान बनेको छ । चिया बगान वरिपरी कोदोले झ्यापक्कै ढाकेको छ । तर ती सबै ओझेलमा पारेको छ चियाले । चिया बगान हेर्न प्राय दिनहुँ मान्छेको ओहोरदोहोर हुन्छ । अहिले सेल्फी खिच्नको लागि युवाहरु लाइननै लाग्छन् । 
 
 
चिया बगानको साथै बीचबीचमा किवी समेत फलेको छ । खाली जग्गा भर्नको लागि किवी लगाएको हुन् । किवीले समेत राम्रै उत्पादन दिन थालेको छ । 
बेरोजगारको नाममा विदेशीएका युवाहरुको लागि यो राम्रै उदाहरण हुन सक्छ । गाउँमै केही गरौ भन्ने धारणा उनको छ । एक गाउँ एक उत्पादनमा लाग्ने हो भने गाउँमै युवाहरुलाई रोजगार हुन सक्ने प्रशस्तै उदाहरण उनको चिया बगानले दिएको छ ।
 

 

 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House