गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडा - फोटो फिचर


दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको वडा नं ९ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण, समुद्री सतहबाट तीन हजार ३ सय मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल,  र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडा । खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि सेतीदेवी सामुदायिक वनको यो रमणीय स्थलमा पुग्न सकिन्छ ।  डाँङ्डुगे डाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सवैभन्दा बढी उचाईमा फिल्म सिटी बन्ने,  आर्थिक रुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिक रुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको विश्वास गरिएको छ । फरक प्रकृतिको फिल्म सिटी बन्ने यो स्थान काठमाडौंबाट करिब एकसय अठार किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश, गौरापर्बत, धौलागिरी, लाङटाङ हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ । फिल्म सिटी बन्ने यो स्थान अहिले देखि आन्तरिक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । यहाँ पिकनिक खान जानेको घुइचो लागेपनि फोहोर ब्यबस्थापनमा ध्यान नदिदा यहाँ वरपर फोहोर बढ्दै गएको छ । यसको लागि भिमेश्वोर नगरपालिकाले बेलैमा ध्यान दिन जरुरि देखिन्छ । हेर्नुहोस प्रलाद आचार्यले खिचेको केहि तस्बिरहरु ।









 








Comment from facebook

Computer Support House