पिपलबोट नजिकै बाट देखिने मनमोहक दृश्य - फोटो फिचर


चरीकोट नजिकै रहेको घुम्दा एकदमै आनन्द आउने ठाउँ भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा अवस्थित पिपलबोट । घुम्तिमा पिपलबोट त्यही माथि चरिकोट भन्ने गीतजस्तै बिस्तारै पीपलबोटको मुहार फेरिँदैछ । पिपलबोट नजिकै बन्दै गरेको भ्युटावर वृद्धवृद्धाहरुका लागि बिश्रामस्थल अबको नयाँ पर्यटकीय गन्तव्य हुनेमा कुनै दुईमत छैन। यहाँबाट जिल्लाका नौ वटै पालिका देख्न सकिन्छ । नजिकैको जंगलमा चराहरुको चिरबिर आवाज, सुसाउँदै बग्दै गरेको तामाकोशी नदी, अलिमाथि चरिकोट अलिपर दोलखा बजार केही तल जिलुको एकीकृत बस्ती , हराभरा खेत , तामाकोसीको शिरमाथि देखिने गौरीशंकर हिमाल यहाँबाट सजिलै अवलोकन गर्न सकिन्छ। यहाँ पाँच मिनेट बस्दा पनि आफ्नो पिर बेथा जति छन् भुल्न सकिन्छ । हेर्नुहोस् प्रलाद आचार्यले त्यही पुगेर खिच्नुभएका केही तस्बिरहरू ।










Comment from facebook

Computer Support House