दोलखाको श्यामा पुम्पामा बन्यो आकर्षक स्टोन पार्क ... फोटो फिचर


दोलखाको जिरी नगरपालिका वडा नम्बर–१ स्यामा, पुम्पा स्थिति स्टोन पार्क जो कोहि पुग्दा अचम्म मान्ने गर्छन । खोलाको बगरमा वरिपरी घासे मैदान संगै ढुङ्गैढुङ्गाले ढाकिएको पार्क छ  । तर तिनै ढुङ्गालाई विभिन्न आकृति दिदै बनाएको यो पार्क अन्य पार्क भन्दा फरक रहेको छ ।
खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रुपमै ठुलाठुला ढुङ्गा रहेका छन् र  ढुङ्गाहरुलाई जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरि आकर्षक पार्क बनाइएको छ । पार्कलाई तार बार लगाएर सुरक्षित बनाइएको छ भने पार्कमा प्रतीक्षालय, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, साथै पार्कसम्म जाने सडक सोलिङ गरिएको छ ।

सो क्षेत्रमा बौद्ध र हिन्दू धर्मावलम्बीको बसोबास रहेकोले धार्मिक सद्भाव कायम गर्नका निम्ति दुबै धर्मासँग सम्बन्धित गुरु रिम्पोछे र शिवको मूर्ति निर्माण गरिएको छ । स्टोन पार्कसम्म जिरी बजारबाट रामेछापको ठोसे र शिवालय हुँदै तथा जिरीबाट माली हुँदै पुग्न सकिन्छ । हेरौ प्रलाद आचार्यले स्टोन पार्क सम्म पुगेर खिच्नु भएको केहि तस्बिर हरु ।









 

 

 

 

Comment from facebook

Computer Support House