फरक सिजनमा फरक दृश्यावलोकनः च्छोरोल्पा


च्छोरोल्पा सबैको गन्तव्य बन्न थालेको छ । हिउँद बाहेक सबै सिजनमा त्यहाँ नपुगेका सायद कमै होलान । अफ सिजन अर्थात हिउँदमा घुम्न जानेको पनि कमि छैन । सदरमुकाम चरिकोटबाट ४, ५ दिनमै आवतजावत गर्न सकिन्छ । अझ सिजनमा त होटलहरु भरिभराउ हुन्छ । छोटो दुरी र सजिला बाटो अनि बस्न खाना सस्तो भएकाले आन्तरित तथा बाह्य पर्यटकको कमि छैन । यस सिजनमा मात्र ७ हजार पर्यटकहरुले च्छोरोल्पा, दूधकुण्ड घुमेका थिए ।
 
च्छोरोल्पा घुम्न जाँदा सिमीगाउँ, सुर्मुचे, दोङाङ, वेदिङहुुँदै नागाउँमा बास बस्नको लागि राम्रा राम्रा होटल लजको व्यवस्था छ । फरक फरक सिजनमा फरक फरक दृश्यावलोकन गर्न पाईन्छ । पुस महिनामा पनि चरिकोटबाट दोलखा जिल्ला अदालतका जिल्ला न्यायधीश डिल्लीरत्न श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेल त्यहाँ पुग्नु भएको थियो । हिउँदको सिजनमा च्छोरोल्पा पुगेर पत्रकार जीवन लामाले कैद गरिएको केही तस्बिरहरु । 

 












 

Comment from facebook

Computer Support House