जिरी उपत्यका एक प्रमुख पर्यटकीय गन्तव्य : फोटो फिचर


सगरमाथा प्रवेशद्वारको रुपमा पनि मानिने जिरी उपत्यका दोलखा जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ५६ किमी पूर्वमा रहेको छ । यो उपत्यका समुद्र सतहबाट १,९५१ मिटरको उचाइमा रहेको छ । जिरी उपत्यका मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यसलाई नेपालको स्वीटजरल्याण्ड पनि भन्ने गरिन्छ । नेपालको स्वीजरल्याण्ड भनिने पहिचान बनाएको दोलखाको जिरी पुग्न सदरमुका चरिकोटबाट २ घण्टाको यात्रा तह गर्नुपर्छ । काठमाडौंबाट एक १८४ किलोमिटरको यात्रापछि पुगिने जिरी उपत्यकामा सीमान्तकृत जिरेलहरुको बसोबास रहेको छ । जिरी उपत्यका १,९०५ मिटरको उचाइमा रहेको छ । यस उपत्यकामा सन् १९३८ सालमा स्वीस सरकारले पक्की सडक पु¥याएको थियो । स्वीट्जरल्याण्डको जुरिच सहरको रुपमा जिरीलाई चिनिन्छ । सगरमाथा आरोहणमा जानेहरु र सगरमाथा क्षेत्रमा जाने पैदल यात्रीहरु जिरी हुँदै जाने गरेका छन् । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमालहरु, दोलखा र रामेछापका अधिकांश गाउँहरु याहॉबाट देख्न सकिन्छ ।   जीवन लामाले जिरीको बिभिन्न ठाउमा पुगेर खिच्नु भएको केहि तस्बिरहरु ....

 

Comment from facebook

Computer Support House