सालैको फूलैमा - फोटो फिचर


दोलखाको भीमेश्वर नगरपालिका ५ र वैतेश्वर गाउँपालिकाको बुस्ती भेगमा सालको फूलले छपक्कै छोपिएको छ । भीमेश्वर नगरपालिकाको वडा नं. ५ तामाकोशी बजार र वैतेश्वर गाउँपालिका वडा नं. ६ बुस्ती क्षेत्रमा साल फुलेर सेताम्मे भएको  छ ।  हामी गाडीमा यात्रा गरिरहेका थियौ । सालको फूलबाट निस्किएको सुगन्धले गाडी भित्र सबैको मन तान्यो । अहिले यो क्षेत्रमा सालको फुलको बासनाले मगमगी बसाएको छ । प्राय फागुन, चैत्र र बैशाख महिना उराठलाग्दो दिन मानिन्छ । तर सालको फूल र सुगन्धले धेरैको मन लोभ्याएको छ । साल फुलेको क्षेत्र सालको जंगल रहेकाले जंगलको मुहारनै फेरिएको छ । 
 
हामी भर्खरै जिरीको गुराँसपार्क घुमेर आएका थियौ । जिरीमा चिरञ्जीवी मास्के, दिल बहादुर केसी, प्रभु जिरेल र गोकर्ण भण्डारी रिपोर्टिङमा गएका थियौ । सालको फूल र सुगन्धले हामी सबैको मन यतै तान्यो । यत्ति राम्रो सुन्दर जंगल अनि सेताम्मे सालको फूलमा सेल्फी र टिकटक बनाउन कस्ले छोड्थे । साथै कोही साथीहरु रिपोर्टिङमा लागे, कोही फोटो सेसनमा । यसको मीठो सुगन्धले पनि हामीलाई मोहित बनाईरहेको थियो ।
 
सालको बारेमा जिज्ञासा लागेर डिभिजन वन कार्यालय दोलखाका प्रमुख थीर बहादुर कार्कीसँग जानकारी लिंदा पाँच छ वर्षको अवधिमा एकपटक साल बढी फुल्ने उनी बताउछन् । साथै गर्मीमा छिटो र पहाडतिर चिसो हुने भएकाले अलि ढिलो फुल्ने गर्छ । यो वर्ष अरु वर्षभन्दा अत्याधिक फुलेको छ, उनले भने । साथै यसलाई राम्रो बीउ वर्ष (गुड सिड) वर्ष भन्छन्, उनले भने । साल विशेषगरी फागुन, चैत्र र बैशाख महिनामा फुल्ने गर्छ । दोलखा पहाडी जिल्ला भएकाले बेंसी क्षेत्र भीमेश्वर नगरपालिका, वैतेश्वर र तामाकोशी गाउँपालिकाको तल्लो भेगमा बढी पाईने गर्छ । दोलखामा पाईने साल दामर नामको हो । साल नकुहिने, किरा नलाग्ने भएकाले घरको दलिन, विद्युतको पोललगायतमा बढी प्रयोग गर्छन । एकहिसाबले साल नेपालको लागि प्रकृतिले दिएको वरदानको रुपमा लिईन्छ । यसको नर्सरी हुँदैन र नेपाल, भारत र वर्माबाहेकका अन्य देशमा पाईने साल बलियो नहुने डिभिजन प्रमुख कार्कीले बताए ।
 
शब्द / तस्बिर : जीवन लामा 
 








 
 

Comment from facebook

Computer Support House